१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह



काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न आग्रह गरेको छ ।

निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ बमोजिम कुनै वस्तुको निकासी वा पैठारीमा मनाही वा नियन्त्रण गर्नसक्ने कानुनी व्यवस्थाको स्मरण गराउँदै विभागले प्रतिबन्ध लगाइएको वस्तुको अनधिकृत रुपमा बिक्रीवितरण नगर्न सम्वद्ध पक्षलाई सचेत गराएको हो ।

कानुनबमोजिम दण्डनीय रहेको पैठारीकर्ता, सञ्चयकर्ता र बिक्रेतालाई कानुनले तोकेबमोजिमको दायित्व तथा शर्त बन्देज परिपालना गरी व्यापार व्यवसाय सञ्चालन गर्न सूचित गरिएको छ ।

कानुनविपरीतका कार्य भए÷गरेको पाइएमा पैठारी (नियन्त्रण) ऐन, २०१३, उपभोक्ता संरक्षण ऐन, २०७५ तथा अन्य प्रचलित कानुनबमोजिम काराबाही हुने विभागले स्पष्ट पारेको छ ।

यस्तै, विभागले बजारमा स्वच्छता कायम राख्नका लागि अनुगमन तथा निरीक्षणलाई तीव्र पारेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम बजारमा आवश्यक निर्देशन एवं कारबाही गरिएको विभागले जनाएको छ ।

सोमबार काठमाडौंका विभिन्न नौ वटा व्यावसायिक फर्मको अनुगमन गरेको थियो । ती फर्मलाई सुधारात्मक निर्देशन दिएको छ । विभागले उपभोक्ता अधिकारकर्मी र स्थानीय सरोकारवालाको उपस्थितिमा नियमित बजार अनुगमन गर्दै आएको स्पष्ट पारेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ७ : ३७ बजे

डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं । डेविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर

साउदी अरबमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

काठमाडौं । साउदी अरबमा बसोबास तथा रोजगारी गरिरहेका नेपाली नागरिकलाई

एनपीएल-३ को पहिलो अर्धशतक चितवनका मलानको नाममा

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणमा चितवन

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

नेपालगन्ज । सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा) लागि गन्तव्य स्थान बन्न