१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बर्दियाका युवाहरुलाई आत्मनिर्भर, नवप्रवर्तनशील र दिगो भविष्य निर्माण गर्ने तालिम प्रदान



बर्दिया । युवा सशक्तीकरण तथा रूपान्तरण र नवप्रवर्तन परियोजना अन्तर्गत बर्दियाको ठाकुरद्वारामा पाँचदिने “युवा उद्यम विकास तालिम” सम्पन्न भएको छ । बाँके यूनेस्को क्लबद्वारा प्लान इन्टरनेशनल नेपालसँगको सहकार्यमा भएको तालिममा मधुवन र ठाकुरबाबा नगरपालिकाका प्रेरित युवाहरू सहभागी भएका थिए ।

साझा लक्ष्य आत्मनिर्भर, नवप्रवर्तनशील र दिगो भविष्य निर्माण गर्ने उद्देश्यका साथ सुरु भएको तालिमबाट स्थानीय युवाहरुमा अत्मनिर्भरता र नवप्रवर्तनशीलताको जागरण आएको तालिममा सहभागीहरुले बताएका छन् ।

तालिमबाट सहभागीहरूलाई आफ्नै व्यवसाय सुरु गर्न र विस्तार गर्न आवश्यक ज्ञान, सीप र आत्मविश्वास प्रदान गरिएको थियो । तालिममा व्यवसायिक अवसर पहिचान, बजार विश्लेषण, व्यवसायिक विचारको प्रमाणीकरण, व्यवसाय योजना निर्माण, तथा लागत निर्धारण, मूल्य निर्धारण, बजेटिङ र अभिलेख व्यवस्थापनजस्ता वित्तीय व्यवस्थापनका विषयहरू समेटिएका थिए।

सहभागीहरूले बजार प्रवर्द्धन रणनीति, ग्राहक सम्बन्ध व्यवस्थापन, डिजिटल प्रचारप्रसार, व्यवसाय दर्ताका कानुनी प्रक्रिया, आपूर्ति शृंखला व्यवस्थापन, भण्डारण व्यवस्थापन, गुणस्तर सुनिश्चितता, मूल्य अभिवृद्धि, जोखिम व्यवस्थापन, वातावरणमैत्री व्यवसाय अभ्यास, तथा नेतृत्व र निर्णय क्षमताबारे पनि तालिममा अभ्यास गरेका थिए ।

तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई सम्बोधन गर्दै मधुवन नगरपालिकाकी उपप्रमुख श्रीमती अनिता चौधरीले वैदेशिक रोजगारीमा निर्भरता घटाउनुपर्ने आवश्यकता औंल्याइन् । उनले युवाहरू त्यसमा पनि विशेषगरी युवतीहरूलाई नेपालमै स्वरोजगारतर्फ अग्रसर हुन प्रोत्साहित गरिन् ।

कार्यक्रममा बोल्दै उद्यम विकास इकाइ प्रमुख श्रीमती जानकी कुमारी नेपालीले सहभागीहरूलाई आत्मनिर्भरता र उद्यमशीलतातर्फ आत्मविश्वासका साथ अघि बढ्न प्रेरित गरिन् ।

तालिममा ४९ जना (४५ महिला र ४ पुरुष) सहभागी थिए । प्रशिक्षार्थीहरुलाई सामाजिक तथा व्यवहार परिवर्तनका क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव भएका श्री बिनोय दिल लामा, व्यवहार विज्ञानमा पीएचडी गरी उद्यम विकास र व्यवहार सञ्चारमा विशेषज्ञता भएका श्री सुयोग ढकाल, र श्री नदीम शाहले सहजिकरण गरेका थिए।

प्रशिक्षण सत्रहरू मधुवन नगरपालिकाका पशु सेवा इकाइ प्रमुख श्री गणेश बहादुर बोहोरा र ठाकुरबाबा नगरपालिकाका पशु सेवा इकाइ प्रमुख श्री चन्द्र बहादुर महतारद्वारा सञ्चालन गरिएको थियो ।

कार्यक्रमको समग्र अनुगमन बाँके यूनेस्को क्लबका सञ्चालक समिति सदस्यहरूले गरेका थिए, क्लवका अध्यक्ष परवेज अली सिद्दिकी, कार्यकारी निर्देशक रवि कुमार तुलाधर, प्रशासन तथा वित्त प्रबन्धक बेद प्रकाश पांगाली, तथा प्राविधिक सल्लाहकार साजिद अली सिद्दिकी आफै अनुगमनमा खटेका थिए । कार्यान्वयनमा परियोजना संयोजक श्री राजकुमार खड्का, कार्यक्रम अधिकृत श्री राधे कृष्ण थारु, फिल्ड सुपरभाइजर सुश्री सङ्गीता रिजाल तथा टोली सदस्य कञ्चन दहित, सृजना थारु र सुनीता चौधरीको पनि सक्रिय सहयोग रहेको युनेस्कोका अध्यक्ष सिद्दिकीले बताए ।

समापन कार्यक्रममा कार्यक्रममा प्राविधिक सल्लाहकार साजिद अली सिद्दिकीले सहभागीहरूलाई उद्यमशील लक्ष्यप्रति प्रतिबद्ध रहन र आर्थिक आत्मनिर्भरतातर्फ अघि बढ्न प्रेरित गरे । सहभागीहरुलाई अध्यक्ष सिद्दिकीद्वारा प्रमाणपत्र वितरण गरिएको थियो।

सहभागीहरूको तर्फबाट एक प्रशिक्षार्थीले तालिमले आफ्नो आत्मविश्वास बढाएको र रोजगारी तथा उद्यमशीलताका नयाँ सम्भावनाहरू खुला गरेको बताए। समापन मन्तव्यमा अध्यक्षले यस पहलको व्यापक प्रभावबारे प्रकाश पार्दै युवतीहरूलाई शोषण र हिंसामुक्त सम्मानजनक जीवनयापनतर्फ सक्षम बनाउन कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताए ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  ११ : १६ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो