३० असार २०८३, मंगलबार | July 14, 2026

भक्तपुरमा बिस्का: जात्रा सुरु



भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्का: (बिस्केट) जात्रा आजदेखि सुरु भएको छ । नेपाली नयाँ वर्ष वैशाख १ भन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ तानेर सुरु हुने यो जात्रा वैशाख ५ गतेसम्म सञ्चालन हुने गर्दछ ।

लिच्छविकालदेखि चलिआएको मानिने यो जात्रा भक्तपुरको सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको छ । तौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरव र भद्रकालीको रथ तानेर जात्रा सुरु गरिएको हो ।

जात्राको मुख्य आकर्षण भैलखः (रथ) तानातान हो, जसमा क्वने (तल्लो टोल) र थने (माथिल्लो टोल) का बासिन्दाले आ-आफ्नो टोलतर्फ रथ तान्ने प्रतिस्पर्धा गर्छन् । पहिलो दिन रथलाई विभिन्न परम्परागत मार्ग हुँदै घुमाइ गःहिटीमा ल्याइन्छ ।

दोस्रो दिनलाई शून्य दिनका रूपमा मनाइन्छ भने तेस्रो दिन गःहिटीमा भैरवनाथलाई राँगो बलि चढाई विशेष पूजा गरिन्छ । चौथो दिन तालाक्वस्थित कुमाले टोलमा यसींद्योः (लिङ्गो) उभ्याउने कार्यक्रम हुन्छ, जुन पुरानो वर्षको विदाइ र नयाँ वर्षको स्वागतको प्रतीक मानिन्छ ।

वैशाख १ गते बिहानदेखि चुपिङघाट र ल्यसिङखेल क्षेत्रमा भक्तजनको भीड लाग्ने गर्दछ । सो दिन यसींद्योः ढाल्ने तथा भैरव र भद्रकालीको रथ जुधाउने ‘द्योः ल्वाकिगु’ जात्रा मनाइन्छ ।

त्यसपछि क्रमशः महाकाली, महालक्ष्मी, ब्रम्हायणी, महेश्वरीलगायत देवदेवीका विभिन्न जात्रा सञ्चालन हुन्छन् । आठौँ दिन सगुन जात्रा मनाइने र अन्तिम दिन पुनः भैलखः तानातानसहित जात्रा सम्पन्न गरिने परम्परा रहेको छ ।

जात्रा अवधिभर सुरक्षा व्यवस्था कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ७ : ४४ बजे

सरकारी विज्ञापनमा निजी मिडियामाथिको प्रतिबन्ध सर्वोच्चद्वारा बदर, सरकारको ‘एकद्वार नीति’ खारेज

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन

डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र संसदमा आए, २० मिनेटमै बाहिरिए

काठमाडौं। झण्डै डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा केहीबेरका

सञ्चारगृह अगाडि गाडी तेर्स्याएर त्रास फैलाउने प्रयास निन्दनीय : रास्वपा सचेतक परियार

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद

नेपालगन्ज । बाँकेको जमुनाहनाकामा सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ

विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल माग

काठमाडौं । विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल