२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

नेवा: सेवा समितिको १७ औँ वार्षिक साधारणसभा सम्पन्न, पत्रकार सन्त कुमार श्रेष्ठ सम्मानित



बुटवल । नेवा: सेवा समितिको १७ औँ वार्षिक साधारण सभा शुक्रबार बुटवल-११ देवीनगरस्थित भूपू सैनिकको प्रांगणमा सम्पन्न भएको छ । समितिका अध्यक्ष डिल्ली कुमार श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त कार्यक्रम ज्येष्ठ सल्लाहकार ओमप्रकाश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा समितिका वरिष्ठ दल बहादुर श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै नेवा समुदायको भाषा, कला, संस्कृति र मौलिक परम्पराको संरक्षणमा संस्थाले निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको बताए। उनले यस्ता कार्यक्रमले समुदायबीच आपसी एकता र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने उल्लेख गरे ।

साधारण सभामा अध्यक्ष डिल्ली कुमार श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विगत एक वर्षमा संस्थाले सञ्चालन गरेका सामाजिक, सांस्कृतिक तथा समुदायमुखी गतिविधिहरूको विवरण प्रस्तुत गरे । त्यसैगरी कोषाध्यक्ष प्रमोद कसजुले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आय-व्यय तथा आर्थिक अवस्थाबारे जानकारी गराए ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, सल्लाहकार नवराज श्रेष्ठ, मानकाजी श्रेष्ठ, बसन्ती श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वक्ताहरूले नेवा कला, भाषा र संस्कृतिको जगेर्नामा संस्थाले खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।

साधारण सभाको अवसरमा समाजमा योगदान पुर्‍याएका ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो । साथै कक्षा १२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पनि सम्मान गरिएको छ । शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरूलाई प्रमाणपत्रसहित सम्मान प्रदान गर्दै आगामी दिनमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्न प्रेरणा दिइएको संस्थाले जनाएको छ ।

त्यसैगरी पत्रकारिताको माध्यमबाट नेवा कला, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै पत्रकार सन्त कुमार श्रेष्ठ लाई नगद पुरस्कार तथा प्रमाणपत्रसहित विशेष सम्मान गरिएको छ।कार्यक्रमको सञ्चालन समितिका सचिव लक्ष्मण श्रेष्ठले गरेका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ७ : ४९ बजे

उपसभामुख ठाकुरद्वारा पद तथा गोपनियताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित

नवनियुक्त मन्त्रीद्वय यादवले लिए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका

भक्तपुरमा बिस्का: जात्रा सुरु

भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्का:

संघीय संसद्को चालु अधिवेशन मध्यरातिदेखि अन्त्य

काठमाडौं । संघीय संसद्को चालु अधिवेशन शुक्रबार मध्यराति १२ बजेदेखि