२० भदौ २०८३, शनिबार | September 5, 2026

अम्पायरबारे टिप्पणीपछि करण केसी एक खेलका लागि निलम्बित



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी करण केसीलाई एक खेलका लागि प्रतिबन्ध लगाएको छ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लबबाट खेलिरहेका करणलाई क्यानले आइतबार उक्त कारबाही गरेको हो ।

शनिबार उनले सामाजिक सञ्जाल ‘एक्स’मा खेलाडी र अम्पायरबीच हातपात भए के हुन्छ भन्ने आशयको टिप्पणी गरेका थिए । सोही अभिव्यक्तिप्रति ध्यानाकर्षण जनाउँदै क्यानले अनुशासनात्मक कारबाही गरेको जनाएको छ ।

क्यानले उनलाई एक खेल प्रतिबन्धसँगै शतप्रतिशत म्याच शुल्क जरिवाना तिर्ने निर्णयसमेत गरेको छ । विज्ञप्तिमा अम्पायरप्रति गरिएको अभिव्यक्ति अस्वीकार्य रहेको उल्लेख गरिएको छ ।

हाल प्रधानमन्त्री कपमा सहभागी नेपाल पुलिस क्लब सात खेलबाट चार जित र दुई हारसहित अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । टोलीको एक खेल भने रद्द भएको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ३ : १५ बजे

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ । भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उहँको

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २