१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता



मलेखु । सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । नेपाल पत्रकार महासङ्घले आज यहाँ आयोजना गरेको पत्रकार भेटमा उनले कानुन निर्माण र कार्यान्वयन गर्न निष्ठा र निष्पक्षताका साथ लाग्ने बताए ।

संविधान संशोधनका साथै नयाँ कानुन बनाउन सहजकर्ताका रुपमा आफूले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने सभामुख अर्यालले बताए । “विकास, समृद्धि र खुसी भन्ने कुरा एक दिन पनि ढिला नगरिकन पाउनुपर्छ भन्ने मेरो बुझाइ हो, त्यसकारण सबैले महसुस गर्ने गरी काम पूरा गर्नेछु”, उनले भने ।

जनताले प्रत्यक्ष लाभ पाउने गरी ‘फास्ट ट्रयाक’ बाट कानुन निर्माणको प्रक्रियालाई अघि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे । बूढीगण्डकी जलासययुक्त आयोजना कार्यान्वयनका निम्ति सरकारलाई निरन्तर झक्झक्याउने उनले बताए ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ३ : २५ बजे

सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संवेदनशील परिस्थितिमा उच्च संयमता

सामाजिक र धार्मिक सद्भाव जोगाउन पूर्वराजा ज्ञानेन्द्रको अपिल

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरी घटनापछि देशका विभिन्न क्षेत्रमा

सिरहाको लहानमा पनि अनिश्चितकालीन कर्फ्यु

सिरहा । सिरहाको लहान क्षेत्रमा पनि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन

सिरहाको गोलबजार गोली चल्दा एक जनाको मृत्यु, एक जना घाइते

सिरहाको गोलबजारमा बिहीबार प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर एक

देवानगञ्ज गोलीकाण्ड : उपचाररत अर्का युवाको पनि मृत्यु, मृतक संख्या दुई पुग्यो

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डमा