३० चैत्र २०८२, सोमबार | April 13, 2026

आश्रम व्यवस्थापन गर्न कुरिलो खेती



नारायणगढ । भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि कुरिलो खेती गर्दै आएको छ । आश्रमका व्यवस्थापक तारानाथ पौडेलका अनुसार आश्रमअन्तर्गत सञ्चालित पशु तथा कृषि फार्ममार्फत कुरिलो, अम्बा, भुइँकटहरलगायत बाली पूर्ण रूपमा प्राङ्गारिक तरिकाले उत्पादन गरिँदै आइएको हो ।

आश्रम सञ्चालनका लागि सामूहिक प्रयासस्वरूप १८ वर्षका लागि वार्षिक रु ७२ हजारमा जमिन भाडामा लिएर खेती गरिएको छ । सो जमिनमध्ये १५ कट्ठामा कुरिलो खेती गरिएको उनले जानकारी दिए । यसबाट आएको आम्दानीले आश्रम सञ्चालनमा आर्थिक सहयोग पुगेको उनको भनाइ छ ।

प्राङ्गारिक उत्पादन भएकाले बिक्रीका लागि बजार खोज्न नपर्ने र फार्म तथा आश्रमबाटै सहज रूपमा बिक्री हुने गरेको उनले बताए । “प्राङ्गारिक उत्पादन भएकाले खर्च बढी लाग्ने भए पनि यसको माग राम्रो छ,” व्यवस्थापक पौडेलले भने । कुरिलो औषधीय गुणयुक्त बाली भएकाले यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्दछ । यसमा कुनै पनि रासायनिक मल तथा विषादी प्रयोग नगरिएको र गाईको गोबर तथा गौमूत्रबाट तयार गरिएको मल प्रयोग गरिँदै आएको छ ।

“विषादी प्रयोग गर्दा खेती सजिलो हुन्छ तर हामीले पूर्ण रूपमा प्राङ्गारिक विधि अपनाएकाले उत्पादन केही कम हुन्छ,” उनले भने । कुरिलो खेतीमा करिब रु आठ लाख लगानी गरिएको छ । उत्पादनबाट आएको आम्दानीले खर्च कटाएर आश्रम सञ्चालनमा सहयोग पुगिरहेको पौडेलले बताए ।

याम अनुसार कुरिलोको मूल्य प्रतिकिलो रु ५०० देखि एक हजार २०० सम्म पर्ने गरेको छ भने याममा दैनिक करिब २० केजीसम्म बिक्री हुने गरेको छ । यसका साथै सिजनका अन्य तरकारीहरु पनि लगाइँदै आएको उनको भनाइ छ ।

व्यवस्थापक पौडेलका अनुसार कुरिलोको मुख्य सिजन चैत, वैशाख र जेठ महिना रहेको छ । यहाँ यो बाली चार वर्षदेखि उत्पादन हुँदै आएको र उचित हेरचाह गरेमा १०–१२ वर्षसम्म उत्पादन दिन सक्ने उनले बताए ।

प्राङ्गारिक खेती गर्दा रोग, कीरा तथा झारको समस्या बढी हुने उल्लेख गर्दै उनले बेला–बेलामा कृषि विकास कार्यालय चितवनका प्राविधिक सहयोगमा खेतीलाई अझ व्यवस्थित बनाउँदै आएको बताए । कुरिलो रोपेको करिब ६ महिनापछि उत्पादन लिन सुरु गर्न सकिन्छ । यसको बीउ बजारमा सजिलै पाइन्छ भने माघ, फागुन र चैत महिना रोपाइँका लागि उपयुक्त मानिन्छ ।

हाल आश्रममा २० जना आश्रित तथा आगन्तुकका लागि निःशुल्क भोजनको व्यवस्था गरिएको छ । साथै आश्रममा गाई पालिएकाले प्राङ्गारिक मल उत्पादनमा सहयोग पुगेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ९ : ४९ बजे

आश्रम व्यवस्थापन गर्न कुरिलो खेती

नारायणगढ । भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि

कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा ,डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता अन्त्य हुँदै

टीकापुर । कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी

रोकिएन राजमार्गमा ढाट राखेर सङ्कलन गरिने अवैध कर

वीरगन्ज । सङ्घीय सरकारको निर्देशनविपरीत वीरगन्ज महानगरले राष्ट्रिय तथा सहायक

कृषि विकास कार्यालयद्वारा पैँतालीस करोड अनुदान वितरण

नवलपुर । कृषि विकास कार्यालयले करिब रु ४५ करोड अनुदान

सिँचाइ सुविधा उपलब्ध नहुँदा कञ्चनपुरमा चैते धानबाली घट्यो

कञ्चनपुर । चैते धानको खेती गर्ने किसानको सङ्ख्या घटेको छ