३० चैत्र २०८२, सोमबार | April 13, 2026

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ । आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन प्रतितोला ४०० रुपैयाँले घटेको हो।

महासंघले छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ७०० रुपैयाँ तोकेको छ। यसअघि आइतबार सुन प्रतितोला २ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

महासंघले १० ग्राम सुनको मूल्य आज २ लाख ५४ हजार ३७० रुपैयाँ कायम गरिएको छ। हिजो १० ग्राम सुनको मूल्य २ लाख ५४ हजार ७१५ रुपैयाँ रहेको थियो।

सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार सोमबार चाँदी प्रतितोला ७५ रुपैयाँले घटेर ४ हजार ९०० रुपैयाँमा झरेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, १० ग्राम चाँदीको मूल्य आज ४ हजार २०० रुपैयाँ तोकिएको छ, जुन हिजो ४ हजार २६५ रुपैयाँ थियो।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ११ : ३५ बजे

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने सङ्केत

तेहरान (रासस/एएफपी) । अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको

खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा

पेरिस  । मध्य पूर्वमा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख देखिएको

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल

सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सङघीय सरकारको प्रमुख

आश्रम व्यवस्थापन गर्न कुरिलो खेती

नारायणगढ । भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि