२० भदौ २०८३, शनिबार | September 5, 2026

गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन, १५ दिनमा सम्पन्न हुँदै सडक निर्माण



काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्डको अनुगमन गरेका छन् । अनुगमनका क्रममा आज गृहमन्त्री गुरुङले सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिए । उनले काममा ढिलासुस्ती स्वीकार्य नहुने स्पष्ट पारे ।

त्यसैगरी काममा ढिलाइ भएको विषयमा उनले चिनियाँ ठेकेदार कम्पनीलाई ध्यानाकर्षणसमेत गराएका छन् । अनुगमनका क्रममा उनले काम समयमा सम्पन्न नगर्दा यात्रुहरूले सास्ती भोग्नुपरेको, दैनिक आवागमन प्रभावित भएको र दुर्घटनाको जोखिम बढेकाले यस अवस्थाको चाँडो अन्त्य गर्न निर्देशन दिएका हुन् ।

निर्माण कम्पनीका प्रतिनिधिहरूले अबको १५ दिनभित्र सडक निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले निर्माणलाई तीव्रता दिइ निर्धारित समयसीमाभित्रै सम्पन्न गर्ने जनाएका छन् ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ११ : २२ बजे

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

काठमाडौं । म त पर्खेको पर्खै छु बतास बनी छुन

खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो

इलाम । परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला

तिनाउमा बन्ने सिग्नेचर ब्रिजको ठेक्का सम्झौता, ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिङ्गे सडकखण्ड विस्तार योजनासँगै बुटवलस्थित तिनाउ

भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै

काठमाडौं । श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा

भोटेकोशी बाढीमा ४,८९८ जना बेपत्ता, १,३४४ शव फेला

काठमाडौं । नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको खोज, उद्धार