२० भदौ २०८३, शनिबार | September 5, 2026

पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना



काठमाडौं । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा पहाडी तथा हिमाली भूभागमा सामान्य बदली देखिएको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेशका पहाडी भूभाग र देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी पहाडी भूभागमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थान र गण्डकी प्रदेशका पहाडी भूभागसहित अन्य हिमाली क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । ती प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ७ : १७ बजे

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

काठमाडौं । म त पर्खेको पर्खै छु बतास बनी छुन

खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो

इलाम । परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला

तिनाउमा बन्ने सिग्नेचर ब्रिजको ठेक्का सम्झौता, ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिङ्गे सडकखण्ड विस्तार योजनासँगै बुटवलस्थित तिनाउ

भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै

काठमाडौं । श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा

भोटेकोशी बाढीमा ४,८९८ जना बेपत्ता, १,३४४ शव फेला

काठमाडौं । नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको खोज, उद्धार