काठमाडौँ । नेपाल आयल निगमले डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य बढाएको छ । निगमले वैशाख ३ गते (बिहीबार) बिहान १२ बजेपछि लागू हुने गरी नयाँ मूल्य समायोजन गरेको हो ।
नयाँ मूल्य सूची अनुसार डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाइएको छ भने हवाई इन्धन (आन्तरिकतर्फ) को मूल्य प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरिएको छ । पेट्रोल र खाना बनाउने ग्यासको मूल्य भने यथावत् राखिएको निगमले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
समायोजनपछि पहिलो वर्गका क्षेत्रमा डिजेल र मट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर २३४ रुपैयाँ ५० पैसा कायम भएको छ ।
त्यस्तै, दोस्रो वर्गमा मा प्रतिलिटर २३६ रुपैयाँ र तेस्रो वर्गका क्षेत्रमा २३७ रुपैयाँ पुगेको छ । यसैगरी, हवाई इन्धन (आन्तरिकतर्फ) को मूल्य प्रतिलिटर २५१ रुपैयाँबाट बढेर २५६ रुपैयाँ पुगेको छ ।



















प्रतिक्रिया