१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य बढ्यो



काठमाडौँ । नेपाल आयल निगमले डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य बढाएको छ । निगमले वैशाख ३ गते (बिहीबार) बिहान १२ बजेपछि लागू हुने गरी नयाँ मूल्य समायोजन गरेको हो ।

नयाँ मूल्य सूची अनुसार डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाइएको छ भने हवाई इन्धन (आन्तरिकतर्फ) को मूल्य प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरिएको छ । पेट्रोल र खाना बनाउने ग्यासको मूल्य भने यथावत् राखिएको निगमले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

समायोजनपछि पहिलो वर्गका क्षेत्रमा डिजेल र मट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर २३४ रुपैयाँ ५० पैसा कायम भएको छ ।

त्यस्तै, दोस्रो वर्गमा मा प्रतिलिटर २३६ रुपैयाँ र तेस्रो वर्गका क्षेत्रमा २३७ रुपैयाँ पुगेको छ । यसैगरी, हवाई इन्धन (आन्तरिकतर्फ) को मूल्य प्रतिलिटर २५१ रुपैयाँबाट बढेर २५६ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ११ : २७ बजे

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै