१५ असार २०८३, सोमबार | June 29, 2026

पश्चिमी वायुको प्रभाव : पहाडी क्षेत्रमा बदली, हिमाली भेगमा हिमपातको सम्भावना



काठमाडौं । नेपालमा हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली क्षेत्रमा सामान्य बदली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

तराईका अधिकांश जिल्लामा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हाल हल्का वर्षा तथा हिमपात भइरहेको महाशाखाले जनाएको छ ।

आज बिहीबार कोशी प्रदेशका पहाडी भूभाग तथा बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । त्यस्तै, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा पनि हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ ।

समग्रमा तराई क्षेत्रमा मौसम स्थिर रहने भए पनि पहाडी र हिमाली भूभागमा आंशिक बदलीसँगै हल्का वर्षा तथा हिमपातको क्रम जारी रहने देखिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  ७ : २३ बजे

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

झापा । असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली

आज असार १५ : राष्ट्रिय धान दिवस, दही-चिउरा खाएर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान

विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६

मनसुनी वायुको प्रभाव कायमै, देशका धेरै स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भू-भागमा मनसुनी वायुको प्रभाव कायम रहँदा

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि