१९ भदौ २०८३, शुक्रबार | September 5, 2026

कालीगण्डकीमा डुबेर बेपत्ता २ जना मृत फेला



पाल्पा । गत बैशाख १ गते कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका २ जना मृत अवस्थामा फेला परेका छन् । पाल्पा बगनासकाली गाँउपालिका ७ दैलातुङ स्थित कालीगण्डकी नदीमा पौडि खेल्ने क्रममा अपरान्ह ४ बजेको समयदेखि डुबेर बेपत्ता भएका २ जनाको फरक फरक समयमा शव फेला परेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा बगनासकाली गाँउपालिका ७ दैलातुङका स्थानीय ३९ वर्षिय शरण भुषाल र २९ वर्षिय तोयनाथ बस्याल रहेका छन् ।

प्रहरीका अनुसार खोजतलास गर्ने क्रममा २ गते बिहान ७ः ५५ बजेको समयमा कालीगण्डकी नदीको बीचमा बस्यालको शव फेला परेको थियो । त्यस्तै घटनास्थल भन्दा अन्दाजी १५० मिटर पूर्व नदीमा तैरिरहेको अवस्थामा भुषालको शव आज बिहान ८ बजे फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  ११ : ४३ बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार राति

लुम्बिनी प्रदेश सरकारका २ मन्त्रीसहित ४ प्रदेशसभा सदस्य पार्टीबाट निष्काशित

नेपालगन्ज । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका बहालवाला २

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ । प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति