११ असार २०८३, बिहिबार | June 25, 2026

बाँकेमा व्यावसायिक बसन्ते मकैखेती



नेपालगन्ज । नगदे बालीको रुपमा बिक्री हुन थालेपछि बाँकेका किसान बसन्ते मकैखेतीतर्फ आकर्षित भएका छन् ।

जिल्लाको राप्तीसोनारी गाउँपालिका, खजुरा गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकाका किसानले अहिले धमाधम बसन्ते मकैखेती गर्न थालेको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले जानकारी दिए ।

उनका अनुसार, जिल्लामा अहिले ५६ हेक्टर क्षेत्रफलभन्दा बढी जमिनमा बसन्ते मकैखेती भइरहेको
छ । राप्तीसोनारी गाउँपालिकामा साकार कृषि सहकारी संस्थामार्फत ४६ हेक्टर र खजुरामा खजुरा लिफ्ट सिँचाइ जल उपभोक्ता समूहमार्फत १० हेक्टरमा व्यावसायिक रुपमै बसन्ते मकैखेती भइरहेको छ । डुडुवा र नेपालगञ्जका किसानले पनि खेती सुरु गरेका छन् ।

“बसन्ते मकै उत्पादन हुनासाथ दाना उद्योगले खेतबाटै उठाउने भएकोले बिक्रीमा समस्या छैन, किसानले नगदे बालीका रुपमा यसलाई उपयोग गर्न थालेका छन्”, सूचना अधिकारी पाठकले भने, “कृषि ज्ञान केन्द्रले सिञ्चत क्षेत्र लक्षित बाली सघनता वृद्धि कार्यक्रमअन्तर्गत बसन्ते मकैखेती गर्ने किसानलाई बीउ र प्राविधिक सहयोग गरिरहेको छ, यसमा किसानको आकर्षण बढ्दै गएको छ ।”

कृषि ज्ञान केन्द्रले बसन्ते मकैखेती गर्ने किसानलाई मकै छोडाउने यन्त्र, फौजी किरा नष्ट गर्न सुरक्षित विषादी प्रयोगलगायतका तालिम दिँदै आएको पाठकले बताए । किसानले उत्पादन क्षमता बढी भएको भारतीय बीउ प्रयोग गर्दै आएका छन् ।

कम मेहनत र लगानीबाट राम्रो मुनाफा हुने भएकाले यसतर्फ धेरै किसान आकर्षित भएको राप्ती सोनारी गाउँपालिका–६ स्थित साकार कृषि सहकारी संस्था लिका मुख्य व्यवस्थापक जमानसिंह वलीले बताए ।

“मकैखेती वर्षमा तीन पटकसम्म गर्न सकिने भएकाले अन्य बालीभन्दा बढी आयआर्जन गर्न सकिन्छ । यसमा पानी कम लाग्छ, रोग–कीरा कम लाग्छ र दैनिक धेरै मिहिनेत पनि आवश्यक पर्दैन”, वलीले भने, “मकैको डाँठ पशु चौपायाका लागि घाँसमा खपत हुने भएकाले दोहोरो रूपमा उपयोग गर्न सकिन्छ, कम जोखिम, राम्रो आम्दानी र दिगो सम्भावनाले मकैखेती बाँकेका किसानहरूको रोजाइ बन्दै गएको छ ।”

किसानको सहजताको लागि सहकारीले बसन्ते मकैखेती गर्ने किसानलाई कृषि ज्ञान केन्द्रको सहयोग तथा समन्वयमा बीउ, यन्त्र र प्राविधिक सहयोग तथा बजारीकरणको लागि काम गरिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  ११ : ५१ बजे

भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२

रास्वपाको प्रदेशसभा खारेजी प्रस्तावप्रति बाबुरामको चेतावनी – ‘संघीयता भत्काउने भूल नगर्नू’

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले

रुसी राष्ट्रिय दिवसका अवसरमा आयोजित स्वागत समारोहमा उपराष्ट्रपति यादव सहभागी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा आयोजित

दक्षिण कोरियालाई १-० ले हराउँदै दक्षिण अफ्रिका विश्वकपको अन्तिम ३२ मा प्रवेश

काठमाडौं । दक्षिण कोरियामाथि १-० को रोमाञ्चक जित निकाल्दै दक्षिण