५ बैशाख २०८३, शनिबार | April 18, 2026

३३ अङ्कले घट्यो नेप्से परिसूचक



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक ३३ दशमलव ८३ अङ्कले घटेर दुई हजार ८३३ दशमलव शून्य तीन अङ्कमा कायम भएको हो । यो एक दशमलव १८ प्रतिशतको गिरावट हो ।

आज ३४२ कम्पनीको दुई करोड सात लाख ४३ हजार ८८४ कित्ता शेयर एक लाख ११ हजार ६०७ पटक खरिद बिक्री हुँदा रु नौ अर्ब ३१ करोड २८ लाख ६० हजार ८०८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ८०, विकास बैंक एक दशमलव १५, वित्त एक दशमलव ९८, होटल तथा पर्यटन शून्य दशमलव ५०, जलविद्युत् एक दशमलव ५१ र लगानी समूह एक दशमलव २७ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बीमा शून्य दशमलव ९०, उत्पादन तथा प्रशोधन एक दशमलव ५४, लघुवित्त शून्य दशमलव ७१, म्युचुअल फण्ड शून्य दशमलव १४, निर्जीवन बीमा एक दशमलव २८, व्यापार एक दशमलव शून्य एक र अन्य समूह एक दशमलव ९० प्रतिशतले घटेको छ ।

रिजलाइन इनर्जी लिमिटेड र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा बढी सिन्धु विकास बैंकको शेयर मूल्य नौ दशमलव ४७ प्रतिशत घटेको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  ४ : ०८ बजे

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच वर्षमा सार्वजनिक

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा चार पटक हवाई

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन सुरु

ताप्लेजुङ । जिल्लामा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा

बलियो पार्टी निर्माणका लागि सबै एक ढिक्का भएर अघि बढौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका नेता–कार्यकर्तालाई एकताबद्ध

‘अनलाइन’बाट दर्ता गर्नेको सङ्ख्यामा वृद्धि

जुम्ला । राष्ट्रिय परिचयपत्रको नम्बरमार्फत मतदाता नामावलीमा ‘अनलाइन’बाटै नाम दर्ता