१९ भदौ २०८३, शुक्रबार | September 5, 2026

खोटाङ र उदयपुरमा भारी वर्षा, नेपालगन्जमा देशमै बढी गर्मी



काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा आज देशका विभिन्न जिल्लामा वर्षा भएको छ । खोटाङ र उदयपुरमा १२ घण्टामा भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागमा अहिले राति ९ः३० बजेको अभिलेखअनुसार पछिल्लो १२ घण्टामा खोटाङको भैँसे लामीडाँडा स्टेशनमा ७५.२ मिलीमिटर र उदयपुरको गढीमा ४९.६ मिलीमिटर वर्षा भएको छ । अन्य विभिन्न ३५ जिल्लाहरूमा पनि वर्षा भएको छ ।

विभागका अनुसार धनकुटामा ३०.८, कास्कीमा २३.६, पर्वतमा १९, ललितपुरमा २०.६ र काभ्रेमा १६.२ मिलीमिटर वर्षा भएको छ । अन्य धेरै स्थानमा हल्का वर्षा भएको छ ।

तराईमा तापक्रम बढ्दै

तराई क्षेत्रमा भने तापक्रम बढिरहेको विभागले जनाएको छ । विभागका मौसमविद् सरोज पुडासैनीले उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षा भइरहँदा तराई क्षेत्रमा तातो बढिरहेको बताए । यो क्रम अझै केही दिन रहने छ ।

विभागबाट प्राप्त विवरणअनुसार आज सबैभन्दा बढी अधिकतमक तापक्रम नेपालगन्जमा ३९, दिपायलमा ३८.८ र धनगढीमा ३८.२ डिग्री मापन गरिएको छ । काठमाडौँमा अधिकतम तापक्रम २८.४ डिग्री रहेको छ ।

वैशाख ६ गते कोशी प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्ने बताइएको छ । कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागको थोरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ११ : २० बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार राति

लुम्बिनी प्रदेश सरकारका २ मन्त्रीसहित ४ प्रदेशसभा सदस्य पार्टीबाट निष्काशित

नेपालगन्ज । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका बहालवाला २

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ । प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति