काठमाडौं । नेपाली कांग्रेसले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने भएको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिले आज बैठक बसेर निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने तयारी गरेको हो ।
सानेपामा सोमबार दिउँसो बस्ने अनुशासन समितिको बैठकले नेता खड्कालाई सोधेको सात दिने स्पष्टीकरण फिर्ता लिनेछ । खड्कालाई समानान्तर कांग्रेस पार्टी सञ्चालन गरेको आरोप लगाउँदै २ चैतमा बसेको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेका थियो ।
अदालतले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई मान्यता दिने फैसला सुनाएको तथा देउवा/खड्का समूहले अदालतको फैसला मान्य हुने जनाएसँगै स्पष्टीकरणको औचित्यता सकिएको ठहरसहित फिर्ता लिने लागिएको समिति निकट एक नेताले बताए ।
सो समूहले पार्टीलाई एकताबद्ध बनाउने जिम्मा सभापति गगन थापाको हातमा रहेको निष्कर्ष निकालेको थियो । अदालतको फैसलापछि सभापति थापा नेता खडेकालाई भेट्न उनकै निवास पुगेका थिए ।


















प्रतिक्रिया