२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

नौ महिनामा १२ खर्ब ६७ अर्ब व्यापार घाटा



काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा नेपालको वैदेशिक व्यापार घाटा १२ खर्ब ६७ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो घाटा ११ खर्ब २१ अर्ब रुपैयाँ रहेको थियो।

सोमबार ९वैशाख ७० भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार, चालु आवको चैत मसान्तसम्म आइपुग्दा व्यापार घाटा १३.०४ प्रतिशतले बढेको छ। आयातको तुलनामा निर्यात अझै कमजोर रहेकाले घाटा उच्च रहँदै गएको हो।

यस अवधिमा निर्यात व्यापार भने केही सकारात्मक देखिएको छ। गत वर्षको तुलनामा निर्यात १८.४६ प्रतिशतले बढेर दुई खर्ब २२ अर्ब ९३ करोड ६२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा निर्यात एक खर्ब ८८ अर्ब १९ करोड ५० लाख रुपैयाँ थियो।

त्यस्तै, आयात पनि १३.८२ प्रतिशतले वृद्धि भई १४ खर्ब ९० अर्ब ४९ करोड ८८ लाख रुपैयाँ पुगेको छ। गत वर्षको नौ महिनामा १३ खर्ब ९ अर्ब ५३ करोड २८ लाख रुपैयाँबराबरको वस्तु आयात भएको थियो।

निर्यातको वृद्धिदर आयातभन्दा केही उच्च रहेकाले आयात–निर्यात अनुपातमा सामान्य सुधार देखिएको छ। अघिल्लो वर्ष ६.९६ रुपैयाँ बराबरको आयात हुँदा एक रुपैयाँको निर्यात हुने गरेकोमा यसपालि यो अनुपात घटेर ६.६९ मा झरेको छ।

समग्रमा, नेपालको कुल वैदेशिक व्यापार १४.४० प्रतिशतले वृद्धि भई १७ खर्ब १३ अर्ब ४३ करोड ५० लाख रुपैयाँ पुगेको छ। कुल व्यापारमा निर्यातको हिस्सा बढेर १३.०१ प्रतिशत पुगेको छ भने आयातको हिस्सा ८६.९९ प्रतिशतमा झरेको छ।

भन्सार विभागको तथ्यांकले वैदेशिक व्यापारको आकार विस्तार हुँदै गएको र निर्यातमा क्रमिक सुधार देखिए पनि ठूलो व्यापार घाटा अझै अर्थतन्त्रको मुख्य चुनौतीका रूपमा कायम रहेको संकेत गरेको छ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ५ : २० बजे

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन प्रतिपक्षी सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन तथा संसद्को अभिलेखबाट

महाधिवेशनसम्बन्धी गतिविधि रोक्न पार्टी र निर्वाचन आयोगलाई शशांकको पत्र

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले सर्वोच्च अदालतबाट पार्टीको वैधानिकता

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ ब्याजदरमै अटो लोन

काठमाडौ ।ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर