११ असार २०८३, बिहिबार | June 25, 2026

गीता पाण्डे मृत्यु प्रकरण : आफन्तद्वारा अस्पताल घेराउ, चिकित्सकमाथि कारबाहीको माग



बुटवल । चिकित्सकको लापरबाहीका कारण एक महिलाको मृत्यु भएको आरोप लगाउँदै पीडित परिवार र आफन्तले अस्पताल घेराउ गरेका छन् । पाल्पाको बगनासकाली गाउँपालिका-२ निवासी गीता पाण्डेको गर्भपतन गराउने क्रममा आइतबार बुटवलमा मृत्यु भएको हो ।

यो पनि पढनुहोस्

घटनापछि आक्रोशित परिवार र आफन्तले मंगलबार इँटाभट्टी लाइनस्थित खत्री नर्सिङ होम घेराउ गर्दै डाक्टर डीबी खत्रीमाथि कारबाहीको माग गर्दै नाराबाजी गरेका छन् ।

परिवारका अनुसार नियमित स्वास्थ्य जाँचका लागि गएकी गीतालाई खत्री नर्सिङ होमले जोनल फार्मेसीमा रिफर गरेको थियो । त्यहाँबाट इन्दुलेखा स्वास्थ्य क्लिनिकमा पठाइएपछि गर्भपतन गराउने क्रममा उनको मृत्यु भएको बताइएको छ ।

मृतकका श्रीमान् प्रकाश पाण्डेले डाक्टर र स्वास्थ्यकर्मीको चरम लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ६ : २६ बजे

रास्वपा प्रथम महाधिवेशन : पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी

आज निर्जला एकादशी : तुलसीको दल राख्ने विशेष दिन

काठमाडौं । आज ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी देशभर

फिफाको निलम्बनमा पर्‍यो एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय फुटबल महासंघ

म्याग्दीमा पहिरोले इभी पुरिँदा चालकको मृत्यु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ महभिरस्थित बेनी-जोमसोम सडकखण्डमा पहिरो खस्दा

रास्वपाको केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनअन्तर्गत ९९ केन्द्रीय