११ असार २०८३, बिहिबार | June 25, 2026

गीता पाण्डे मृत्यु प्रकरण : डा. रूपाखेती निलम्बित, जोनल र इन्दुलेखा बन्द गर्न सिफारिश



बुटवल । पाल्पाको बगनासकाली गाउँपालिका-२ की २९ वर्षीया गीता पाण्डेको गर्भपतनका क्रममा भएको मृत्युमा चिकित्सकीय लापरवाही भएको निष्कर्ष निकालिएको छ । घटनाको छानबिन गर्न गठित नेपाल मेडिकल काउन्सिल ले शनिबार २६ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गर्दै उपचार प्रक्रियामा गम्भीर त्रुटि भएको ठहर गरेको हो ।

प्रतिवेदनका आधारमा काउन्सिलले संलग्न चिकित्सक डा. शतिस रूपाखेतीलाई तत्कालका लागि निलम्बन गर्ने निर्णय गरेको छ । निलम्बनपछि उनले केही समय चिकित्सकीय अभ्यास गर्न नपाउनेछन् ।

यसैगरी उपचारमा संलग्न जोनल हेल्थ क्लिनिक र इन्दूशिला स्वास्थ्य क्लिनिकलाई बन्द गराउन सम्बन्धित प्रहरी तथा प्रशासनलाई पत्राचार गर्ने निर्णय पनि गरिएको छ । काउन्सिलका रजिष्ट्रार सतिशकुमार देवले घटनाले आमाहरूको स्वास्थ्य सुरक्षामाथि गम्भीर प्रश्न उठाएको भन्दै यस्ता घटना दोहोरिन नदिन कडाइका साथ अनुगमन गरिने बताए ।

घटनासम्बन्धी अनुसन्धानका क्रममा निलम्बित डा. रूपाखेतीसहित पाँच जनालाई मृतकका श्रीमान् प्रकाश पाण्डेको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरिसकेको छ । छानबिन समिति काउन्सिलका सदस्य सम्राट पराजुलीको संयोजकत्वमा गठन गरिएको थियो ।

पाण्डेको पेटमा करिब १२ हप्ताको गर्भ रहेको अवस्थामा गर्भ असामान्य भएको भन्दै बुटवलस्थित खत्री नर्सिङ होम, जोनल फार्मेसी र इन्दुलेखा क्लिनिकमार्फत गर्भपतन गराउने क्रममा गत आइतबार उनको मृत्यु भएको थियो ।

पाल्पा घर भए पनि हाल रूपन्देहीको तिलोत्तमा नगरपालिका-३ मा बस्दै आएकी पाण्डेको शव छानबिन प्रतिवेदन सार्वजनिक भएपछि परिवारले बुझेका छन् । पीडित परिवारले उपचारमा संलग्न सबै चिकित्सक र स्वास्थ्यकर्मीमाथि कानुनअनुसार कडा कारबाहीको माग गर्दै आएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  ५ : ०७ बजे

रास्वपा प्रथम महाधिवेशन : पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी

आज निर्जला एकादशी : तुलसीको दल राख्ने विशेष दिन

काठमाडौं । आज ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी देशभर

फिफाको निलम्बनमा पर्‍यो एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय फुटबल महासंघ

म्याग्दीमा पहिरोले इभी पुरिँदा चालकको मृत्यु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ महभिरस्थित बेनी-जोमसोम सडकखण्डमा पहिरो खस्दा

रास्वपाको केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनअन्तर्गत ९९ केन्द्रीय