९ बैशाख २०८३, बुधबार | April 22, 2026

दीपक भट्ट र सुलभ अग्रवाललाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले अनुसन्धानका लागि उनीहरूलाई सात दिन हिरासतमा राख्न म्याद थप गरेको हो।

सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा १७ को उपदफा (४) बमोजिम दुवैजनामाथि थप अनुसन्धान गर्न सो म्याद थप गरिएको हो।

अनुसन्धान गरिरहेको निकायले भने उनीहरूलाई ३० दिनसम्म हिरासतमा राख्न अनुमति मागेको थियो। विभागले अनुसन्धान अन्तिम चरणमा पुगेको उल्लेख गर्दै सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित बीमा ऐन र धितोपत्र ऐनसँग जोडिएका कसुरमाथि पनि अनुसन्धान भइरहेको जनाएको छ।

राय प्रतिवेदन तयार पार्न थप समय आवश्यक परेको भन्दै विभागले म्याद थप माग गरेको थियो, जसअनुसार अदालतले सात दिनको अनुमति दिएको हो।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ५ : ३३ बजे

दीपक भट्ट र सुलभ अग्रवाललाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट र

नेपालले रुवाण्डालाई हरायो

काठमा । आइसिसी महिला ट्वान्टी च्यालेन्ज ट्रफीमा नेपालले आयोजक रुवाण्डालाई

प्रधानमन्त्रीले छलफलका लागि बोलाए सुरक्षा प्रमुखहरुलाई

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री देशको सुरक्षा अवस्थाबारे छलफल

लुम्बिनी प्रदेशमा जीवनाशक विषादी व्यवस्थापन विधेयक सर्वसम्मत पारित

दाङ । लुम्बिनी प्रदेश सभाले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा

गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले सम्हाल्ने

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएपछि गृह मन्त्रालयको