२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

दोस्रो लखन कप फुटबलको तयारी पुरा



बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

वैशाख ११ गतेदेखि हुने दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिता २०८३ को तयारी पूरा भएको शनिबार बुटवलमा पत्रकार सम्मेलन गरि आयोजक लखन ब्रदर्श युथ क्लबका अध्यक्ष सुदिप खत्रीले बताए ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा लखन ब्रदर्श यूथ क्लबको आयोजनामा बुटवलको रामनगरस्थित खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताका लागि एक महिनादेखी मैदान मर्मत तथा स्थाई स्टेज तयार भएको उनले बताए । यसअघि पहिलो संस्करण सिद्धेश्वर मैदानमा आयोजना गर्दा समेत पूर्वाधारमा खर्च भएको भन्दै उनले यो संस्करणमा समेत करीब २ लाख रुपैया भन्दा बढी मैदानमा खर्च हुने उनले बताए ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद ३ लाख १ हजार १११ रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उप विजेताले नगद १ लाख ५१ हजार १११ राशीसहित कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरि विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार १११ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर तथा उत्कृष्ट मिड फिल्डरलाई जनही १० हजार १११ रुपैयाँ नगद राशी पुरस्कार प्रदान गरिने भएको छ । प्रतियोगिता सम्पन्न गर्न १९ लाख बढी खर्च अनुमान गरिएको क्लबका सचिव निरन्जन पन्तले जानकारी दिए ।

प्रतियोगितामा रुपन्देहीसहित नवलपरासी, पाल्पाका १२ टिमले सहभागिता रहेको क्लबका संरक्षक तथा प्रतियोगिताका संयोजक राम बहादुर थापाले जानकारी दिए
।

आयोजकसहित सम्पूर्ण युवा क्लब सुपौली, देवदह ब्वाइज युवा क्लब, फर्साटिकर युवाक्लब, चाँदनी युवाक्लब दानापुर, योङ ब्वाइज खैरेनी, शिवनगर परिवार, तिलोत्तमा-११, न्यू युथ युनियन क्लब पाल्पा, सयपत्री युवा क्लब रामनगर, तारादल गण आर्मी, सुनवल एफसी सहभागी हुने भएका छन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ८ का वडाअध्यक्ष यज्ञ पंगेनीले खेलकुद र सामाजिक क्षेत्रमा क्लबबाट भएको कामको प्रशंसा गर्दै नगरकै उत्कृष्ट क्लबका रुपमा रहेको दाबी गरे ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ८ : ४५ बजे

विपी राजमार्ग : जाइकाले सुरु गर्यो पुनःनिर्माण

काभ्रेपलाञ्चोक । प्राकृतिक विपदबाट क्षतिग्रस्त विपी राजमार्गको सिन्धुली बर्षेखोला-पिप्ले सडकखण्डमा

डिजिटल धुनको भीडमा हराएन मादलको ताल

सुनसरी । तिहार नजिकिएसँगै नेपाली मौलिक बाजा मादलको बिक्री बढ्न

एनपीएलमा आज लुम्बिनी लायन्सले काठमाडौं गोर्खाजसँग खेल्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज अंक तालिकाको

आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी

सरकार र डा केसीबीच छ बुँदे सहमति: तोडियो अनशन

काठमाडौं । सरकार र अनशनरत डा गोविन्द केसीबीच छ बुँदे