११ भदौ २०८३, बिहिबार | August 28, 2026

सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल-इजिप्ट मैत्री दौड



काठमाडौं । सगरमाथा दिवस र अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा कायरोमा शुक्रबार पाँच किलोमिटर ‘नेपाल-इजिप्ट मैत्री दौड’ आयोजना गरिएको छ ।

इजिप्टस्थित नेपाली दूतावासले त्यहाँको स्थानीय विकास तथा वातावरण मन्त्रालय र वादी डेगला संरक्षित क्षेत्रसँगको सहकार्यमा ‘हिमालदेखि नाइलसम्म-हरित भविष्यका लागि दौडौँ’ नारासहित उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमको उद्घाटन इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्साल तथा त्यहाँको स्थानीय विकास तथा वातावरण मन्त्रालयअन्तर्गत संरक्षित क्षेत्रसम्बन्धी केन्द्रीय प्रशासनका प्रमुख मोहम्मद युसुफले संयुक्त रूपमा गरेको कायरोस्थित नेपाली दूतावासले जनाएको छ ।

त्यस अवसरमा राजदूत लम्सालले सहभागीहरूलाई स्वागत गर्दै सन् १९५३ मा विश्वकै सर्वोच्च शिखर सगरमाथाको पहिलो आरोहणको सम्झनामा मनाइने सगरमाथा दिवस मानव दृढता र सहकार्यको प्रतीक भएको उल्लेख गरे । उनले हालै घोषणा गरिएको अन्तरराष्ट्रिय आरोग्य दिवसले शारीरिक, मानसिक, भावनात्मक, सामाजिक तथा पारिस्थितिक सन्तुलनलाई समेट्ने समग्र स्वास्थ्यको महत्व उजागर गर्ने बताए ।

राजदूत लम्सालले योग, ध्यान र प्रकृतिसँगको सामञ्जस्यजस्ता नेपालको परम्परागत अभ्यासले वातावरण संरक्षण र मानव स्वास्थ्यबीचको सम्बन्धलाई बलियो बनाउने बताए ।

प्रमुख युसुफले दूतावासले आयोजना गरेको कार्यक्रमको सराहना गर्दै यसले वातावरणीय सचेतना र दिगोपनाको सन्देश प्रवाह गरेको बताए । उनले हरित भविष्य निर्माणका लागि इजिप्टको प्रतिबद्धता पुनः दोहो¥याउँदै दिगोपनाको पहलमा नेपालको योगदानको प्रशंसा गरे ।

करिब ३० किलोमिटर लम्बाइमा फैलिएको वादी डेगला संरक्षित मरुभूमि उपत्यकाभित्र आयोजना गरिएको दौड प्राकृतिक परिवेशमा सम्पन्न भएको थियो । यो क्षेत्रको मरुभूमि पारिस्थितिकी तन्त्र र वन्यजन्तुको संरक्षण गरिएको छ ।

कार्यक्रममा कूटनीतिज्ञ, विद्यार्थी, स्थानीय खेलाडी तथा नेपाली समुदायका सदस्यसहित ३५० भन्दा बढी सहभागीको उपस्थिति थियो ।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  ९ : ०७ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि