१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

दुर्घटनामा एक जनाको मृत्यु



नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका-११ गडर खोलास्थित पूर्व-पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा आज एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

डण्डाबाट अरुणखोलातर्फ आउँदै गरेको लु१अ यो १६ नम्बरको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको म प्र ०३-०४३ प ६६७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कर्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।

दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका(३ बस्ने २३ वर्षीय भुवन बोहरा र २५ वर्षीय प्रवेश बोहरा गम्भीर घाइते भएका थिए । घाइते दुवैलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएकोमा भुवन बोहराको उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

घाइते प्रवेश बोहरालाई थप उपचारका लागि चितवन मेडिकल कलेज लगिएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीले दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ भने घटनास्थलमा प्रहरी टोली खटिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ९ : २५ बजे

गृहमन्त्री गुरुङ सुनसरी जाँदै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै

सिरहाको गोलबजारमा रहेको एबी मलमा आगजनी

काठमाडौं । सिरहाको गोलबजारमा जारी प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले एबी मलमा

सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संवेदनशील परिस्थितिमा उच्च संयमता