२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

मुस्ताङमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा



मुस्ताङ । यहाँको प्रदेश अस्पताल जोमसोममा पछिल्ला चार आर्थिक वर्षमा १८८ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । सेवा थालनी भएको पहिलो आवमा ३८, दोस्रो आवमा ४२ , तेस्रो आवमा ६६ र चालु आवको गतचैत महिनासम्ममा ४२ जनाले गर्भपतन सेवा लिएका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा समीक्षा कँडेलले जानकारी दिइन् ।

प्रदेश अस्पताल जोमसोम मात्र सुरक्षित गर्भपतन सेवाका लागि सूचिकृत भएको छ भने दुई चिकित्सकसहित पाँच स्वाथ्यकर्मीले सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउन तालिम प्राप्त गरेका छन् ।

यहाँ सरकारी अस्पतालमा मात्र सुरक्षित गर्भपतन सेवा सीमित छ । सुपरिटेन्डेन्ट डा समीक्षा कँडेलले भनिन्,“ अस्पतालमा १२ हप्ता अर्थात् तीन महिनासम्मका गर्भवतीको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ र सो अवधिभन्दा माथिलाई उपल्लो निकायमा प्रेषण गर्ने गरेको छ । ”

अस्पतालमा ‘मिफेप्रिस्टोन’ र ‘मिसोप्रोस्टोल’ नामक औषधिको प्रयोगद्वारा गरिने सुरक्षित गर्भपतन सेवा (एमए) तथा औजार सहित अन्य प्रक्रियाका माध्यमबाट सुरक्षित गर्भपतन सेवा प्रदान गरिँदै आएको डा कँडेलले बताइन् । १२ हप्तासम्मको गर्भपतनलाई ‘म्यानुअल भ्याकुम एस्पिरेसन (एमभिए)’ विधिमार्फत तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा औजारका माध्यमबाट गरिन्छ । १३ देखि १८ हप्तासम्म गर्भलाई ‘कम्प्रिहेन्सिब इमरजेन्सी अब्सटेटिक नियोनेटल कियर’ सुविधा भएको सूचीकृत स्वास्थ्य संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा डाइलेटेसन एन्ड इभ्याकुएसन (डिएन्ड) गरिन्छ ।

औषधि विधि (एमए) बाट गरिने गर्भपतन सेवा प्रभावकारी रहेको छ । सुरक्षित गर्भपतन सेवाका बारेमा अझै जानकारी छैन । सेवा लिनसमेत अझै हिचकिचाउने प्रवृत्ति रहेको जनाइएको छ । मुस्ताङका हालसम्म सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउन स्वास्थ्य संस्था दर्ता नभएको बताइएको छ । ‘गर्भपतन सेवा लिन सूचीकृत स्वास्थ्य संस्थामै जानुपर्छ’ र ‘गर्भपतनका लागि अनधिकृत औषधि स्वास्थ्यकर्मीका सल्लाह विना सेवन गरिनु हँदैन’ भन्ने चेतनाका अभाव यहाँ पनि रहेको बताइएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  २ : ५१ बजे

एसईईको नतिजा : सबैभन्दा उच्च ३.६० देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थी संख्या ४८ हजार बढी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज साँझ अबेर सार्वजनिक गरेको

आयो एसईईको नतिजा, कसरी हेर्ने नतिजा ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को

नीति तथा कार्यक्रमबारे नेताहरूको मिश्रित प्रतिक्रिया

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाको धन्यवाद

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त

आइएमई खल्तीले ल्यायो सुपर वालेट सुविधा

काठमाडौ । आइएमई खल्ती लिमिटेड ९खल्ती० ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका