१४ असार २०८३, आइतबार | June 28, 2026

बाँकेको नरैनापुरमा आगलागी, १५ घर/गोठ जले



नेपालगन्ज । बाँकेको नरैनापुरमा भीषण आगलागी भएको छ । नरैनापुर गाउँपालिका वडा नं.३ स्थित गेग्ली गाउँमा आज बिहान आगलागी भएको हो ।

आगलागीबाट १५ वटा फुसको छानो भएका कच्ची घर/गोठ जलेर नष्ट भएका छन् । आज बिहान अन्न्दाजी ४ः५० बजेतिर आगलागी भएको प्रहरीले आंकलन गरेको छ ।

प्रहरीका अनुसार आगलागीमा मुनाउ यादवसहित रफिक अली शेष, अब्बास अली शेष, सहजराम मौर्य, योधी मौर्य, तिर्थ मौर्य, शिवकुमार मौर्य, लल्लु मौर्य र राम पल्टन मौर्यको घर पूर्ण रूपमा जलेका छन्। त्यस्तै रामसुरत यादव, भडभड यादव, अगल मौर्य र साबित अली जोलाहका फुसले छाएका गोठ पनि जलेर नष्ट भएका छन्। मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको संयुक्त प्रयासमा करिब ५ घण्टापछि बिहान साढे ९ बजे आगो नियन्त्रणमा ल्याइएको इलाका प्रहरी कार्यालय भगवानपुरबाट प्रहरी निरीक्षक गणेशराज उप्रेतीले बताए ।

आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको र घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ४ : ५१ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा