४ भदौ २०८३, बिहिबार | August 20, 2026

‘माननीय’ नलेख्न आफ्ना सांसदहरुलाई रास्वपाको निर्देशन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्ना सांसदहरूलाई लेटरहेड, भिजिटिङ कार्ड तथा अन्य आधिकारिक कागजातमा ‘माननीय’ शब्द प्रयोग नगर्न निर्देशन दिएको छ।

सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा पार्टी नेतृत्वले यस्तो निर्देशन दिएको हो। बैठकपछि पार्टीका प्रवक्ता मनिष झाले सांसदका सबै आधिकारिक कागजातमा एकरूपता कायम गर्न यस्तो निर्णय गरिएको जानकारी दिए।

“राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरूको लेटरहेड र कार्डलगायत कागजातमा एकरूपता अपनाउन निर्देशन दिइएको छ । साथै, आफ्नो कुनै पनि कागजातमा ‘माननीय’ सम्बोधन प्रयोग नगर्न भनिएको छ”, झाले भने।

बैठकमा पार्टीले सांसदहरूलाई सल्लाहकारको अभ्यास गर्न र आवश्यक परे सकेसम्म विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाबाट सुझाव लिएर काम गर्न पनि आग्रह गरेको छ।

त्यस्तै, सभापति रवि लामिछानेले आगामी निर्वाचनलाई लक्षित गर्दै कसैलाई पनि टिकटको आश्वासन नदिन सांसदहरूलाई स्पष्ट निर्देशन दिएका छन्। प्रवक्ता झाका अनुसार पार्टीले उपयुक्त उम्मेदवार छनोट तथा निर्वाचनअघिको तयारीका लागि वैशाख २० गतेदेखि ‘क्यान्डिडेट क्लब’ अभ्यास सुरु गर्ने तयारी गरेको छ। “आगामी निर्वाचनको टिकटबारे कसैले कसैलाई कुनै प्रतिबद्धता जनाउन नहुने स्पष्ट निर्देशन दिइएको छ,” उनले भने, “यदि त्यस्तो गलत अभ्यास भएको पाइएमा सम्बन्धित व्यक्तिले कारबाही सामना गर्नुपर्नेछ।”

 

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  १२ : ४९ बजे

भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका-२ एल गाउँकी सिर्जना खत्री विष्टलाई

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च

भद्रपुर । झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या

‘मौरिस हर्जोग’ पदमार्गमा ‘स्मार्ट’ सूचना प्रणाली

म्याग्दी । म्याग्दीको अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गको