१६ बैशाख २०८३, बुधबार | April 29, 2026

सरकारलाई आफ्नै बहुमतको संसद्माथि विश्वास छैन : गगन थापा



काठमाडौं । गगन थापाले सरकारलाई आफ्नै बहुमत भएको संसद्माथि विश्वास नभएको आरोप लगाएका छन् ।

रौतहटमा पार्टीका नेता-कार्यकर्तासँग संवाद गर्दै उनले प्रतिनिधिसभाको बैठक आह्वान गरिसकेपछि बिना सूचना स्थगित गर्नु संसद् र नागरिकप्रतिको अवहेलना भएको टिप्पणी गरे । “बैठकको मिति तोकेर आह्वान गरिसकेपछि फेरि कुनै जानकारी बिना स्थगित गरिनु संसद् र जनतालाई हेप्नु हो,” उनले भने ।

उनका अनुसार संसद्माथि विश्वास नहुँदा नै सरकारले अध्यादेशमार्फत काम अघि बढाएको हो । उनले यसलाई लोकतान्त्रिक अभ्यास विपरीत भएको बताए ।

थापाले संवैधानिक परिषद्मा पनि प्रधानमन्त्रीले आफ्नो स्वार्थअनुकूल निर्णय गर्न खोजेको आरोप लगाए । यस्ता प्रयास यसअघि पनि हुँदै आएको उल्लेख गर्दै उनले नेपाली कांग्रेसले सधैँ त्यसप्रति असहमति जनाउँदै आएको बताए ।

“प्रधानमन्त्रीले नियुक्तिहरू आफ्नो अनुकूल बनाउन खोज्दा हामी प्रमुख प्रतिपक्ष दलका रूपमा त्यसको विरोध गर्छौं,” उनले भने, “संवैधानिक परिषद्मार्फत हुने नियुक्तिमा सुधार आवश्यक छ ।”

उनले नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष दल भएकाले कुनै पनि हेपाहा प्रवृत्ति स्वीकार नगर्ने चेतावनी दिए ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  ३ : ३५ बजे

कांग्रेस रामेछाप सभापति कान्छाराम तामाङ निलम्बित

काठमाडौं । नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’

सरकारद्वारा थप तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

रातमा बस्नेगरी सगरमाथा आधार शिविरको ‘प्याकेज’ बेचे कारबाही

काठमाडौं । पर्यटन विभागले रातको समयमा सगरमाथा आधार शिविरमा बस्नेगरी

रास्वपा बैठकमा रवि लामिछानेको निर्देशन : शासन सुधार र सेवा प्रवाहमा जोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बुधबार बसेको