१० भदौ २०८३, बुधबार | August 26, 2026

‘ज्ञानको अहंकार’ नदेखाउन प्रधानमन्त्रीलाई रक्षा बमको सुझाव



काठमाडौं । जेन–जी अगुवा रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाहलाई जनताको भावनाप्रति संवेदनशील हुन आग्रह गर्दै ‘ज्ञानको अहंकार’ प्रदर्शन नगर्न सुझव दिएकी छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बमले प्रधानमन्त्रीका पछिल्ला निर्देशनहरूलाई लिएर असन्तुष्टि व्यक्त गरेकी हुन्।

बमका अनुसार, अत्यधिक ‘ज्ञानपूर्ण’ र ‘विवेकपूर्ण’ भन्दै दिइएका निर्देशनहरूले व्यवहारमा नकारात्मक असर पारिरहेको र त्यसले जनताले दुःख भोग्नुपरेको दाबी गरिएको छ।

उनले ‘काँध थाप्ने’ र ‘छाती थाप्ने’ शैलीको नेतृत्व त्यागेर करुणा र समानुभूतिमा आधारित शासन आवश्यक रहेको उल्लेख गरेकी छन्। “बुद्ध जन्मेको देशमा नेतृत्वले मानवीय संवेदनालाई केन्द्रमा राख्नुपर्छ,” भन्दै उनले जनताले सुम्पिएको जिम्मेवारी जिम्मेवार ढंगले पूरा गर्न प्रधानमन्त्रीलाई सुझाव दिएकी छन्।

बमले जनतालाई सबैभन्दा सचेत र ज्ञानी शक्ति भन्दै नेतृत्वले उनीहरूको अगाडि अहंकार प्रदर्शन गर्न नहुने धारणा पनि व्यक्त गरेकी छन्। उनका अनुसार, विश्वशान्तिको सम्भावना बोकेको मुलुकमा शासन गर्ने तरिका आदेश र कठोरताभन्दा संवाद, समझदारी र सहानुभूतिमा आधारित हुनुपर्छ।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  २ : ११ बजे

बेपत्ताको खोजी र उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न चिनियाँ राष्ट्रपति सीको निर्देशन

काठमाडौं । चीनको तिब्बततर्फबाट आएको बाढीले व्यापक जनधनको क्षति गरेपछि

रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन

भोटेकोशी बाढी : क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितलाई उद्धार

भोटेकोशीको बाढीले धादिङवेशी जाने फुर्केखोलाको पुल बगायो

काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीले धादिङ सदरमुकाम धादिङबेँसी

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौँ । भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ