१५ असार २०८३, सोमबार | June 29, 2026

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता पठाएका छन्।

मन्त्रिपरिषद्को सिफारिसमा प्रमाणीकरणका लागि शीतलनिवास पुगेको उक्त अध्यादेश राष्ट्रपति पौडेलले स्वीकृत नगरी पुनर्विचारका लागि लागि फर्काएका हुन्।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा मन्त्रिपरिषद्को निर्णयअनुसार पेश गरिएको “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३” को विषयवस्तु पुनर्विचार गर्न आवश्यक देखिएकाले फिर्ता पठाइएको उल्लेख गरिएको छ।

यसअघि सरकारले पठाएका अन्य सात अध्यादेश भने राष्ट्रपति पौडेलले प्रमाणीकरण गरिसकेका छन्। तर संवैधानिक परिषद्सँग सम्बन्धित अध्यादेशको हकमा थप समीक्षा आवश्यक ठानेर फिर्ता गरिएको जनाइएको छ।

राष्ट्रपति पौडेलले आजै थप एक अध्यादेश जारी गरेका छन् । उनले आइतबार साँझ केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ जारी गरेका हुन् ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ५ : ४९ बजे

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

झापा । असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली

आज असार १५ : राष्ट्रिय धान दिवस, दही-चिउरा खाएर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान

विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६

मनसुनी वायुको प्रभाव कायमै, देशका धेरै स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भू-भागमा मनसुनी वायुको प्रभाव कायम रहँदा

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि