२० बैशाख २०८३, आइतबार | May 3, 2026

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’



नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका व्यक्त गरेका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ बाँके शाखाले आज नेपालगन्जमा आयोजना गरेको ‘सरकारको विभेदकारी विज्ञापन नीति बनाम प्रेस स्वतन्त्रताः अबको बाटो ?’ विषयक अन्तरक्रियामा बोल्दै अग्रज पत्रकारहरुले स्वतन्त्र प्रेस लोकतन्त्रको आधारशिला भएको भन्दै लोकतन्त्रमा सरकार प्रेसमाथि अनुदार बन्ने परिकल्पना नै गर्न नसकिने बताए ।

उनीहरुले सरकारको सुरुवाती पाइला ठीक नभएको आशंका व्यक्त गरे । पत्रकारहरुले सरकारले निजी मिडिया विरुद्ध आर्थिक नाकाबन्दी सुरु गरेर निजी मिडियालाई कमजोर बनाउन उद्यत रहेको टिप्पणी गरे ।

अन्तरक्रियामा बोल्दै पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष शुक्रऋषि चौलागाईले संघीय सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढेको टिप्पणी गरे । उनले संघीय शासन प्रणालीको अभ्यास भइरहेको मुलुकमा प्रदेश र स्थानीय सरकारहरु निरीह बन्नु चिन्ताको विषय रहेको बताए । उनले प्रदेश र स्थानीय सरकारले संघीय परिपत्र र निर्णयको अवज्ञा गर्न हिम्मत गर्नुपर्ने बताए ।

महासंघ बाँके अध्यक्ष नवीन गिरीले प्रेस स्वतन्त्रताको रक्षा गर्नु राज्यको दायित्व भएको बताउँदै सरकारले प्रेस जगतको अभिभावकत्व ग्रहण गर्न चुकिरहेको बताए । उनले सरकारको बिभेदकारी विज्ञापन नीति खारेजयोग्य रहेको जिकिर गरे । यो बर्ष प्रेस स्वतन्त्रता हननका घटना बढेको चित्रण गर्दै गिरीले मिडिया र पत्रकारमाथिको दुर्व्यवहर र आक्रमण बढ्नु चिन्ताको विषय बनेको उल्लेख गरे ।

पूर्व अध्यक्ष झलक गैरेले सरकारको यो कदम प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कमजोर बनाउने लक्ष्यसहित अघि बढेको टिप्पणी गरे । मिडिया बन्द गर्ने सरकारको मनसाय देखिएको उनले बताए । ।

कार्यक्रममा समाजबादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय सदस्यद्वय मो. आरिफ अन्सारी, हेमन्त विक, क्रियाशील पत्रकार महिला बाँकेकी अध्यक्ष सावित्री गिरी, पत्रकार टेकेन्द्र बस्याल लगायतले बोलेका थिए ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  १० : १३ बजे

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता