२३ असार २०८३, मंगलबार | July 8, 2026

कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते



कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–७ स्थित इँटा उद्योगमा ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार गएराती न्यु जनता इँटा उद्योगमा काम गर्ने मजदुरहरू काँचो इँटाको चट्टामाथि सुतिरहेको अवस्थामा पानी छर्किन प्रयोग गरिएको से १ त ८८७६ नम्बरको ट्याक्टर अनियन्त्रित भई उनीहरू सुतेको चट्टामा ठोक्किएको थियो ।

सो क्रममा भारत उत्तर प्रदेश, बहराइच जिल्ला बस्ने २७ वर्षीय अजय कुमार गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका छन् । त्यसैगरी ९ वर्षीय पवन कुमारको पनि उपचारका क्रममा नवजीवन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै मृतकको शव सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ ।

दुर्घटनामा गम्भीर घाइते ११ वर्षीय बालक घुर्रा कुमारको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घटनापछि ट्याक्टर र पानी छर्किने ट्याङ्कर इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको नियन्त्रणमा रहेको छ भने ट्याक्टर चालक फरार रहेको र खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ३ : १३ बजे

दुई गोलले पछि परेको अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट

निर्धारित राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि

आयो नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला, को को ठहरिए दोषी ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जनालाई दोषी ठहरिएका

विश्वकपमा स्विटजरल्याण्ड र कोलम्बिया दोस्रो पटक आमने-सामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज ‘राउन्ड अफ १६’

पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप

पोखरा । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको