१४ असार २०८३, आइतबार | June 28, 2026

बुटवलमा ज्येष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य परीक्षण : एकैदिन २२६ जनाको जाँच



बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सञ्चालन गरेको निःशुल्क स्वास्थ्य परीक्षण अभियानअन्तर्गत सोमबार २२६ जनाको स्वास्थ्य जाँच गरिएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालयसँगको समन्वयमा सञ्चालन भइरहेको कार्यक्रममा स्वास्थ्यकर्मीको टोली वडा तहसम्म पुगेर ज्येष्ठ नागरिकहरूको रगत र पिसाबको नमुना संकलन गरी परीक्षण गरिरहेको छ ।

नगर प्रमुख खेलराज पाण्डेयले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै प्रत्येक वडामा शिविर सञ्चालन गरिएको जानकारी दिए । उनका अनुसार संकलित नमुनाको प्रयोगशाला परीक्षणपछि प्राप्त रिपोर्टका आधारमा सम्बन्धित वडामै चिकित्सकमार्फत आवश्यक उपचार सेवा उपलब्ध गराइनेछ ।

उपमहानगरपालिकाका जनस्वास्थ्य प्रमुख युवराज पाण्डेयका अनुसार सोमबार वडा नम्बर ८, ९ र १० मा परीक्षण गरिएको हो ।

परीक्षणअन्तर्गत रगतमा चिनी (अनियमित), पिसाबको सामान्य परीक्षण, क्रियाटिनिन, पूर्ण रक्त गणना, युरिक एसिड, एसजिपिटी (कलेजोसम्बन्धी एन्जाइम) तथा बिलिरुबिन (कुल र प्रत्यक्ष) जस्ता परीक्षणहरू समावेश गरिएको छ ।

वैशाख १५ गतेदेखि सुरु भएको अभियानअन्तर्गत वैशाख २१ गतेसम्म १ हजार ३७ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । वडा नम्बर १७, १८ र १९ बाट सुरु गरिएको अभियान हालसम्म वडा नम्बर ८ देखि १९ सम्म सञ्चालन भइसकेको छ ।

यसैबीच, वैशाख १७ गतेदेखि सुरु भएको ‘बाआमासँग नगर प्रमुख’ कार्यक्रमअन्तर्गत हालसम्म ६४६ जना ज्येष्ठ नागरिकले चिकित्सकीय सेवा लिइसकेका छन् । उक्त कार्यक्रम वडा नम्बर १२ देखि १९ सम्म सम्पन्न भइसकेको जनस्वास्थ्य प्रमुख पाण्डेयले जानकारी दिए ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ७ : ०३ बजे

फ्रान्समा गर्मीका कारण थप एक हजार जनाको मृत्यु

पेरिस । पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा

शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ ।

तिनाउ खोलाको बाढीमा फसेका व्यक्ति सकुशल उद्धार

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङ्गारनगरस्थित तिनाउ खोलामा आएको बाढीले

संसद्‍मा एमालेले भन्यो- विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको