१८ भदौ २०८३, बिहिबार | September 3, 2026

बुटवल-१३ बेलबासमा लमिनारको नयाँ टायल शोरुम सञ्चालन



बुटवल । नेपालको अग्रणी पूर्ण भिट्रिफाईड टायल ब्राण्ड ‘लमिनार’ले रुपन्देहीको बुटवल-१३, बेलबासमा नयाँ ‘एम्पोरियो डिलर शोरुम’ सञ्चालनमा ल्याएको छ । जनता ट्रेड लिंक एण्ड कन्स्ट्रक्सन प्रा।लि।सँगको सहकार्यमा आज उक्त शोरुमको उद्घाटन गरिएको हो ।

पछिल्लो समय रुपन्देहीमा आवासीय तथा व्यवसायिक भवन निर्माण तीव्र बन्दै जाँदा टायल छनोटमा गुणस्तर, उपयोगिता र टिकाउपनप्रति उपभोक्ताको ध्यान बढ्दै गएको छ ।

लमिनारका टायल बर्दियास्थित कारखानामा उत्पादन हुने र नेपाल मानक (NS ६१७) अन्तर्गत पर्ने पूर्ण भिट्रिफाईड टायल भएकाले पानी शोषण दर न्यून रहने तथा दीर्घकालीन टिकाउ हुने कम्पनीको दाबी छ । सोही कारखानाबाट दैनिक १ लाख ४० हजार वर्गफुटभन्दा बढी टायल उत्पादन हुँदै आएको जनाइएको छ ।

बुटवलस्थित नयाँ शोरुममा ५०० भन्दा बढी डिजाइनका टायल उपलब्ध छन् । फुलबडी (Cento), एन्टिब्याक्टेरियल सतह (GermSafe®) तथा उच्च चमकयुक्त हाई-ग्लस टायल यहाँ पाइनेछन् ।

कम्पनीका अनुसार शोरुमलाई केवल बिक्री केन्द्र नभई ग्राहकले परामर्श लिन सक्ने स्थानका रूपमा विकास गरिएको छ । यहाँ टायल छनोट गर्दा प्रयोग हुने स्थान, चिप्लिने सम्भावना, टिकाउपन तथा मर्मतको सहजताबारे समेत जानकारी दिइनेछ ।

लुम्बिनी सेरामिक्सका प्रबन्ध निर्देशक आशुतोष खेतानले शोरुमले ग्राहकलाई आवश्यकता अनुसार उपयुक्त टायल छनोट गर्न सहयोग पुर्‍याउने बताए । “अब टायल छनोट केवल डिजाइनमा सीमित नभई प्रयोगको आधारमा पनि गर्न सकिनेछ,” उनले भने ।

जनता ट्रेड लिंक एण्ड कन्स्ट्रक्सन प्रा.लि.का अध्यक्ष छबिन्द्र भट्टराईले उपभोक्ताको सोचमा परिवर्तन आएको उल्लेख गर्दै गुणस्तर र उपयोगितालाई ध्यानमा राखेर टायल छनोट गर्ने प्रवृत्ति बढ्दै गएको बताए ।

लमिनारले देशभर एम्पोरियो शोरुममार्फत आफ्नो सञ्जाल विस्तार गर्दै आएको छ । कम्पनीले १६० भन्दा बढी शोरुम विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ४ : ४३ बजे

कृष्णभीरमा पहिरो पन्छाउन रूख कटान सुरु

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा भासिएको सडक मर्मत तथा

भोटेकोशीको भेलले बगाएको स्याफ्रुबेसीको सपना (फोटोफिचर)

काठमाडौं । यी दृश्यहरू रसुवाको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र

जलवायु न्यायका लागि सामूहिक पहल आवश्यक छ : पर्यावरणमन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यही भदौ

भोटेकोशी बाढी : डिएनए परीक्षणबाट पहिचानको आशमा आफन्त

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका