१३ भदौ २०८३, शनिबार | August 30, 2026

हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने



खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौंलगायत विभिन्न सहरबाट विस्थापित भएका नगरवासीलाई आवास निर्माणमा सहयोग गर्ने भएको छ ।

सङ्घीय सरकारले काठमाडौं उपत्यका तथा अन्य जिल्लाका अतिक्रमित बस्तीका संरचना हटाउने अभियान सञ्चालन गरेपछि विस्थापित भएका नगरवासीलाई आफ्नै गाउँ फर्किएर बसोबास गर्न चाहेमा सहयोग गर्ने निर्णय गरेको हो ।

नगर कार्यपालिकाको बुधबार बसेको बैठकले आफ्नो गाउँ फर्किन इच्छुक नगर क्षेत्रका नागरिकलाई आफ्नै जग्गामा घर निर्माणमा सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख विमला राईले जानकारी दिइन् ।

‘सरकारले देशभरका सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमणमुक्त बनाउने अभियान सञ्चालन गरेको छ’, उनले भनिन्, ‘त्यस क्रममा विस्थापित भएका नगरवासीलाई सम्मानपूर्वक जीवनयापनका लागि आफ्नै ठाउँमा फर्कन आह्वान गरेका छौँ । जग्गा भए पनि बस्न घर नभएका परिवारलाई नगरपालिकाले आवास निर्माणमा सहयोग गर्नेछ ।’

नगर कार्यपालिकाले विस्थापित नगरवासीको लगत सङ्कलन गर्न उपप्रमुख रमेशकुमार राउतको संयोजकत्वमा समिति गठन गरेको छ । समितिले सूचना जारी गरी आवेदन आह्वान गर्ने र आफ्नो ठाउँमा फर्कन इच्छुक परिवारको पहिचान गरी आवास निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको नगरप्रमुख राईले जानकारी दिइन् ।

नगरका प्रवक्ता एवं वडा नम्बर ७ का अध्यक्ष कमल गिरीका अनुसार आवास निर्माणका लागि प्रतिपरिवार पाँच लाख उपलब्ध गराइनेछ ।

यसैबीच, जिल्लाका १० वटा स्थानीय तहलाई अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र पेस गर्न जिल्ला प्रशासन कार्यालयले परिपत्र गरेको छ । प्रशासकीय अधिकृत प्रभात ढकालले अतिक्रमित जग्गाको पहिचानसहित अतिक्रमण हटाउने योजनासमेत पेस गर्न भनिएको बताए ।

प्रमुख जिल्ला अधिकारी रेखा कँडेलका अनुसार गृह मन्त्रालयको वैशाख १६ गतेको निर्देशनका आधारमा उक्त विवरण मागिएको हो । “अतिक्रमित जग्गा राज्यको स्वामित्वमा ल्याउन सरकारले पहल थालेको छ । लगत सङ्कलनपछि आवश्यक प्रक्रिया पूरा गरी अतिक्रमित संरचना हटाउनेछौँ”, उनले भने ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहिबार  ७ : १७ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ