२१ भदौ २०८३, आइतबार | September 7, 2026

जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै



जुम्ला । सातौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताको तयारी पूरा भएको छ ।

कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाहीले यही वैशाख २६ गतेहुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए । जुम्ला सदरमुकाम खलङ्गा बजारदेखि मुगुको राराताल जाने पदमार्गको पर्यटन प्रवद्र्धन गर्ने तथा कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने उद्देश्यले म्याराथनको आयोजना गरिएको उनले बताए ।

प्रतियोगितामा कूल एक हजार बढी खेलाडी सहभागी हुने भएका छन् । सबैभन्दा लामो जुम्ला–रारा अल्ट्रा म्याराथन ५४ किमी दूरीको दौड प्रतियोगिता १३५ खेलाडीले नाम दर्ता गरेका छन् । यसैगरी पाँच किमी दूरीमा ६५० जना र १० किमीतर्फ २०० जना सहभागी हुने कर्णाली स्पोर्ट क्लबका अध्यक्ष शाहीको भनाइ छ ।

विशेषगरीज जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगितामा भारत, फ्रान्स, अमेरिका, बेलायत, नेदरल्याण्ड र इटालीलगायका देशका धावकले नाम दर्ता गरेकाछन् । हालसम्म भारत र फ्रान्सका धावक जुम्ला पुगिसकेको कर्णाली स्पोर्ट क्लबका अध्यक्ष शाहीले जानकारी दिए ।

कर्णाली क्षेत्रको प्राकृतिक सौन्दर्य र साहसिक खेल पर्यटन प्रवद्र्धनमा जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताले टेवा पुग्ने अपेक्षा राखिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपककुमार पौडलले बताए । प्रतियोगीताको ५४ किलोमिटर दौडअन्तर्गत स्थानीय धावकका लागि रु तीन हजार र अन्य धावकका लागि रु पाँच हजार शुल्क निर्धारण गरिएको छ । पाँच किलोमिटरतर्फ प्रथम हुनेलाई रु पाँच हजार, दोस्रोलाई रु तीन हजार र तेस्रोलाई रु दुई हजार पुरस्कार तोकिएको क्लबका अध्यक्ष शाहीको भनाइ छ ।

साथै १० किलोमिटरतर्फ प्रथम हुनेलाई रु १० हजार, दोस्रोलाई रु सात हजार र तेस्रोलाई रु पाँच हजार तथा ५४ किलोमिटरतर्फ प्रथम हुनेलाई रु एक लाख, दोस्रोलाई रु ७५ हजार, तेस्रोलाई रु ५० हजार, चौथो र पाचौँलाई समान रु २०–२० हजार पुरस्कारको व्यवस्थापन गरिएको कर्णाली स्पोर्ट क्लबले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहिबार  ११ : ४८ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त