११ असार २०८३, बिहिबार | June 25, 2026

पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने



काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहेको छ भने बाँकी तराई भागमा आंशिक बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी र मधेश प्रदेशसहित देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहने तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने छ । कोशी प्रदेशसहित अन्य प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थान तथा मधेश प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । साथै बाँकी तराई क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । साथै मधेश प्रदेशसहित अन्य हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ७ : १६ बजे

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज

स्थायी व्यवस्थापनको माग गर्दै सुकुम्बासीको चेतावनी, ‘होल्डिङ सेन्टरबाट हटाए पुरानै बासस्थान फर्किन्छौं’

काठमाडौं । होल्डिङ सेन्टरमा राखिएका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले

तरकारी उत्पादनमा दोब्बरले वृद्धि

मलेखु । आधुनिक कृषि प्रविधिको बढ्दो प्रयोग र प्राविधिक ज्ञानको

मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश

काठमाडौँ । सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् प्रतिकार्यका लागि देशका

रास्वपाको मतदान सम्पन्न, ११ सय बढी प्रतिनिधि मतदानमा सहभागी भएनन्

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका