२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता



एजेन्सी । इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको “माउन्ट डुकोनो“ ज्वालामुखि विस्फोट हुँदा २० जना पर्वतारोही बेपत्ता भएको उद्धार अधिकारीलाइ उदृत गर्दै एएफपीले जनाएको छ । अधिकारीका अनुसार बेपत्ता हुनेहरुमा नौ जना सिङ्गापुरका नागरिक रहेका छन् भने विस्पोट हुँदा करिब १० किलोमिटर वरपरको क्षेत्रको हावामा धुवाँ धुलो फैलिएको छ ।

उद्धार टोली उद्धारका लागि तैनाथ रहेको उल्लेख गर्दै अधिकारीले घाइते व्यक्तिहरू वारे अझै पुष्टि नभएको बताएका छन् । रिपोर्टका आधारमा बेपत्ता भएका २० जनाको खोजी भइरहेको स्थानीय उद्धार अधिकारी इवान रामदानीले पुष्टि गर्नु भएको छ ।

वैज्ञानिकहरूले पछिल्लो समयमा इन्डोनेसियामा ज्वालामुखीका गतिविधि वृद्धि भएको चेतावनी दिए पछि अप्रिल –१७ देखि यो क्षेत्र आगन्तुकहरूका लागि बन्द गरिएको भए ता पनि बेपत्ताहरु सबै पर्वतारोहीहरू रहेको उनले उल्लेख गरेका छन् ।

इन्डोनेसियको भू–विज्ञान विधागका प्रमुख लाना सारियाले विस्फोटले उत्तरी मालुकु प्रान्तको माउन्ट डुकोनोको शिखरबाट करिब १० किलोमिटर टाढाको क्षेत्र सम्म प्रभाव गरेको पुष्टि गरेका छन्।

विस्पोटको खरानी उत्तरतर्फ धेरै फैलिएको उल्लेख गर्दै यस तर्फका आवासीय क्षेत्रमा सतर्कता अपनाउनु आवश्यक भएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

इन्डोनेसिया एक विशाल द्वीपसमूहहरुको राष्ट्र र यसको भौगोलिक स्थितिको कारण बारम्बार भूकम्पीय तथा ज्वालामुखी गतिविधिको सामना गर्ने गरेको जनाइएको छ ।

माउन्ट डुकोनो हाल इन्डोनेसियाको चेतावनी प्रणालीको तेस्रो–उच्च सतर्कता स्तरमा रहेको जनाइएको छ ।

गत डिसेम्बर देखि सेन्टर फर भोल्कानोलोजी एन्ड जियोलोजिकल हजार्ड मिटिगेसन ९पिभिएमबिजी० ले पर्यटक तथा पर्वतारोहीलाई ज्वालामुखीको चार किलोमिटर भित्रमा नआउन सिफारिस गरेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  १ : ४१ बजे

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त

काठमाडौ । लुम्बिनी बौद्ध विश्वविद्यालयले चिनियाँ विद्यार्थी फु च्याङलाई ‘अन्तरराष्ट्रिय

सरकारले गर्यो विदेशस्थित १५ जना नेपाली अवैतानिक वाणिज्यदूतलाई पदमुक्त

काठमाडौ । सरकारले विदेशस्थित १५ जना नेपाली अवैतानिक वाणिज्यदूत तथा

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता

एजेन्सी । इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको “माउन्ट डुकोनो“ ज्वालामुखि विस्फोट

अमेरिकी सेनाद्वारा हर्मुज जलडमरूमध्य खोल्ने प्रयास, इरानसँग तनाव बढ्दै

एजेन्सी । संयुक्त राज्य अमेरिकाले हर्मुज जलडमरूमध्य पुनः खुला गर्ने