१४ असार २०८३, आइतबार | June 28, 2026

प्रगतिशील सङ्गीत उत्सवः नौ बुँदे घोषणापत्र जारी



काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौँको आयोजनामा रोल्पाको थवाङमा हालै सम्पन्न प्रगतिशील सङ्गीत उत्सवले समाजमा नकारात्मक सन्देश फैलाउने सङ्गीतको जालो चिनुपर्ने भन्दै २०८३ नौ बुँदे थवाङ घोषणापत्र जारी गरेको छ । यही वैशाख १९ र २० गते भएको उक्त उत्सवपछि तयार पारिएको नौ बुँदे घोषणपत्र प्रतिष्ठानले काठमाडौँमा सार्वजनिक गरेको हो ।

‘प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि’ भन्ने नाराका साथ नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना र रोल्पा कला साहित्य प्रतिष्ठानको सहआयोजनामा सम्पन्न प्रगतिशील सङ्गीत उत्सव–२०८३ मा देशभरिबाट सहभागी प्रगतिशील सङ्गीतकर्मीको कार्यशालापछि अन्तिम रुप दिएर घोषणापत्र सार्वजनिक गरिएको प्रतिष्ठानकी तत्कालीन सदस्यसचिव कुष्मा महरा प्रगतिले बताइन् ।

उनका अनुसार घोषणपत्रले देशव्यापी रूपमा फैलिएको नकारात्मक सन्देश दिने, अश्लिल, छाडा र भद्दा सङ्गीतको जालोलाई चिर्न योजनाबद्ध ढङ्गले सशक्त तरिकाले प्रयत्नशील रहने उद्घोष गरेको छ ।

नेपालका प्रगतिशील सृजना सरल, लोकप्रिय र स्तरीय बनाउन सबै कलाकारहरूले व्यक्तिगत, सामूहिक र संस्थागत रूपमा प्रयास गर्ने, राष्ट्र र जनताका लागि परिवर्तन ल्याउन, सुशासन र समृद्धिको पक्षमा सिर्जनात्मक भूमिका खेल्न प्रतिबद्ध रहने घोषणापत्रमा उल्लेख छ ।

देशलाई सम्मुनत बनाउन अहिले विकास भइरहेका विज्ञान, प्रविधि र सूचना सञ्चारलाई सङ्गीतसहित मानव जीवनका विभिन्न आयाममा अधिकतम उपयोग गर्न प्रयत्नशील रहने, नयाँ पुस्तालाई देश र जनताप्रति आकर्षित गराउँदै उल्लेख्य सहभागिता गराउने, राज्यका कामलाई जनमुखी र उत्तरदायी बनाउन प्रगतिशील सङ्गीतकर्मी र तिनका सृजनालाई राज्यका विभिन्न निकायमा सहभागिताका लागि पहल गर्ने घोषणापत्रमा भनिएको छ ।

जारी घोषणापत्रमा सबैखाले वैदेशिक हस्तक्षेपका विरुद्ध राष्ट्रिय स्वाधिनताको पक्षमा उभिने उल्लेख छ । प्रगतिशील सङ्गीत उत्सव सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि देश र जनताका लागि प्रगतिशील सङ्गीतकर्मीले अझै सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाली समाजको प्रगतिशील परिवर्तनका लागि चलेका विभिन्न चरणका आन्दोलनमा प्रगतिशील कलाकारले निर्वाह गरेका भूमिको स्मरण गरिएको महराले बताइन् ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ९ : ५७ बजे

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक

दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा नेपालका सात खेलाडी भुटान जाँदै

काठमाडौं । नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघको समन्वय तथा राष्ट्रिय

डीआर कङ्गोको ऐतिहासिक पुनरागमन जित, दक्षिण कोरियाको विश्वकप यात्रा समाप्त

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

ओली, प्रचण्ड, माधवले आज एउटै मञ्चबाट भाषण गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली