६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी



चितवन । चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर अस्पतालको आवास गृहमा नियम विपरीत बसेका कर्मचारीहरुले आवास छाड्न अटेर गरेका छन् ।

अस्पताल प्रशासनले यही वैशाख १६ गते एक सूचना जारी गर्दै उनीहरुलाई तत्काल आवास छोड्न निर्देशन दिएको थियो । आपत्कालीन सेवामा परिचालन हुने चिकित्सक, परिचारक तथा परिचारिकालाई आवासको व्यवस्था गर्नु अस्पतालको दायित्व एवं प्राथमिकता भएकाले आवास खाली गर्न निर्देशन दिइएको हो ।

अस्पतालका भण्डार प्रमुख शिला रेग्मीका अनुसार अस्पतालमा सहायकस्तर, अधिकृतस्तर र चिकित्सकहरुका लागि छुट्टाछुटै आवासको व्यवस्था छ । सहायकस्तरका कर्मचारीका लागि १० वटा घर जहाँ ६० परिवार बस्न मिल्छ । अधिकृतस्तरका कर्मचारीका लागि ६ वटा घर १० वटामा एकल र अन्य १० वटा भवनमा दुई परिवार बस्नमिल्ने गरी आवास बनाइएका छन् ।

यसैगरी, चार परिवार बस्न मिल्ने छ वटा घरमा दुई वटामा चिनियाँ र चार वटामा यहाँका अधिकृत स्तरका कर्मचारी चिकित्सक बस्दै आएका छन् । चिनिया सहयोगमा निर्मित दुई भवनमा १८ परिवार छन् । सहायकस्तरका कर्मचारीका निम्ति बनाइएको ३६ वटा कोठामा १८ परिवारले आश्रय लिएका छन् ।

हालसम्म कसैले पनि आवास खाली नगरेका उनले जानकारी दिइन् । अस्पतालबाट २५ किलोमिटरको परिधिमा निजी आवास भएका कर्मचारीलाई आवास सुविधा नदिने नियम सम्झाँउँदै कोठा खाली गर्न सूचना जारी गरेको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  २ : ३६ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा

साउदीमा ड्रोन आक्रमणबाट एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको