२१ भदौ २०८३, आइतबार | September 7, 2026

यौनिक तथा लैगिक अल्पसंख्यक समुदायको अधिकारको विषयमा छलफल



बुटवल । निल हिरा समाज, रुपन्देहीको आयोजनामा बुधबार भैरहवामा यौनिक तथा लैगिक अल्पसंख्यक समुदायको यौन स्वास्थ्य लागू पद्धार्थ र मानव अधिकारको विषयमा छलफल गरिएको छ । छलफलमा यौनिक तथा लैगिक अल्पसंख्यक समुदायले नागरिकता प्राप्त गर्नको लागि हुने गरेको असहजता, मानव अधिकार र उनीहरुमाथि लाग्ने गरेको लान्छना, भेदभाव अन्त्य गर्नको लागि प्रशासन, स्थानीय सरकारको साथ सहयोगको आवश्यकतामा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईश्त्याक अहमद खाँले यौनिक अल्पसंख्यकको हक अधिकारका लागि पालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । समाजमा पछाडि परेको यौनिक तथा लैगिक अल्पसंख्यक समुदायका लागि शिक्षा, स्वास्थ्य र रोगजारीको लागि सहजीकरणसँगै पालिकाले आवश्यक बजेट पनि छुटटाउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा उपप्रमुख उमा अधिकारीले यौनिक अल्पसंख्यक समुदायको लागि आफू सधै साथमा रहेको बताइन् । उनले यो समुदायको लागि प्रशासनिक झन्झट र अफ्टयारमा आफ्नो सहजीकरण गर्नको लागि पनि तयार रहेको बताइन । राज्यबाट पाउनुपर्ने सम्पूर्ण सेवा सुविधामध्ये नागरिकताको अधिकार यौनिक अल्पसंख्यक समुदायको लागि पालिकाले साथमा रहेको बताइन् ।

एक्लोलाई साहारा दिने वृक्ष समूहका कार्यक्रम प्रमुख रेशम न्यौपानेले यौनिक तथा लैगिंक अल्पसख्यक समुदायका व्यक्तिले संविधानले व्यवस्था गरेपनि राज्यबाट पाउनुपर्ने हक तथा अधिकार नपाएको बताए । यो समुदायको अधिकारका लागि सबैको साथ आवश्यक रहेको बताए ।

कार्यक्रममा निल हिरा समाज केम-सेक्स सम्बन्धी डिआइसी कार्यक्रम अपरेटर हसिना क्षेत्री, निल हिरा समाजका कार्यक्रम निर्देशक सञ्जय शर्मा, एआरटी लुम्बिनी प्रादेशिक अस्पतालका डा. सञ्जय पाण्डेले बोलेका थिए । प्यानलगत छलफलमा अबन्तिका घर्तीमगर, पुष्पा केसी, डा. मेनुका बस्नेत, विपिन ज्ञवाली सहभागी भएका थिए । सहकार्य साहसी कदम नेपाल र एक्लोलाई साहार दिने वृक्ष समूहको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  २ : ०० बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त