१४ असार २०८३, आइतबार | June 28, 2026

भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीन : पर्यटन बोर्ड



काठमाडौं । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकमाथि नेपाल सरकारले नयाँ प्रतिबन्ध लगाएको भन्ने भ्रामक र तथ्यहीन समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पर्यटन बोर्डले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यम र अनलाइन ‘प्लेटफर्म’मार्फत भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्दा अनिवार्य परिचयपत्र लागू गरिएको, नेपालमा बसाइ अवधि ३० दिनमा सीमित गरिएको तथा अवधि नाघेमा सवारीसाधन जफत गरिने जस्ता विवरण पूर्णरूपमा गलत, आधारहीन र भ्रामक भएका जनाएको हो ।

विज्ञप्तिमा नेपाल सरकारले भारतीय पर्यटकको बसाइ अवधिमा कुनै नयाँ प्रतिबन्ध नलगाएको तथा नेपाल-भारतबीच लामो समयदेखि कायम खुला सीमा व्यवस्था र द्विपक्षीय समझदारीमा कुनै परिवर्तन नगरिएको उल्लेख गरिएको छ । नेपाल र भारतबीचको ऐतिहासिक जनस्तरको सम्बन्ध, सांस्कृतिक निकटता र पर्यटन सहकार्य यथावत जनाइएको छ ।

बोर्डका अनुसार नेपाल सरकारले हालै निजी सवारीसाधनमार्फत स्थलमार्गबाट नेपाल प्रवेश गर्ने भारतीय तथा अन्य विदेशी पर्यटकका लागि ‘अनलाइन’ सहजीकरण प्रणाली सुरु गरेको छ । भन्सार विभागद्वारा विकसित उक्त ‘डिजिटल प्रणाली’मार्फत अस्थायी प्रवेश अनुमति र राजस्व भुक्तानी अनलाइनमार्फत गर्न सकिने व्यवस्था गरिएको छ । यस व्यवस्थाले सीमा नाकामा हुने झन्झट कम गर्नुका साथै पर्यटकलाई सहज सेवा प्रदान हुने विश्वास बोर्डले व्यक्त गरेको छ ।

पर्यटन बोर्डले सञ्चारमाध्यम, डिजिटल प्लेटफर्म, पर्यटन व्यवसायी तथा सर्वसाधारणलाई अपुष्ट सूचना प्रसारण नगर्न र पर्यटनसम्बन्धी नीति तथा यात्रा व्यवस्थासम्बन्धी जानकारीका लागि आधिकारिक सरकारी स्रोतमा मात्रै भर पर्न आग्रह गरेको छ ।

नेपाल भारतीयसहित विश्वभरका पर्यटकका लागि सुरक्षित, मैत्रीपूर्ण र स्वागतयोग्य गन्तव्य रहेको उल्लेख गर्दै बोर्डले नेपाल-भारतबीचको मैत्री, सहकार्य र सहज आवतजावत प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको जनाइएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहिबार  ८ : १४ बजे

तिनाउ खोलाको बाढीमा फसेका व्यक्ति सकुशल उद्धार

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङ्गारनगरस्थित तिनाउ खोलामा आएको बाढीले

संसद्‍मा एमालेले भन्यो- विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

कैलाली । कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातिका रूपमा रहेको

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुकको सीमा

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक