२१ भदौ २०८३, आइतबार | September 6, 2026

बाँकेमा विद्युत् महसुल नतिर्ने सेवाग्राहीको ‘लाइन’ विच्छेद गर्ने अभियान



नेपालगन्ज । नेपाल विद्युत प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रले विद्युत महसुल समयमै भुक्तानी नगर्ने पाँच हजार बढि सेवाग्राहीको ‘लाइन’ विच्छेद गरिदिएको छ ।

वितेको पाँच महिनाको अवधिमा लामो समयदेखि महसुल रकम नतिर्ने करिब पाँच हजार ५०० ग्राहकको लाइन विच्छेद गरेर बक्यौता असुली प्रक्रिया सुरु गरेको नेपाल विद्युत् प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रले जानकारी दिए ।

उनका अनुसार, लामो समयदेखि महसुल रकम नतिर्ने ग्राहकको लाइन विच्छेद गरेर बक्यौता असुली अभियान सुरुआत गरेपछि नेपालगञ्ज वितरण केन्द्रले करिब रु पाँच करोड बक्यौता असुल गर्न सफल भएको छ । “बितेको पाँच महिनाको अवधिमा हामीले करिब साढे ५ हजार ग्राहकको लाइन काटेका छौँ । यसबाट बक्यौता रकम करिब रु छ करोड ३० लाख हुन गएको छ”, उनले भने, “लाइनविच्छेद गरेका मध्ये करिब चार हजार ५०० ग्राहकबाट विद्युत् लाइन पुनःजडान भई करिब रु पाँच करोड बक्यौता असुल भएको छ ।”

वितरण केन्द्रले लामो समयसम्म महसुल नबुझाउने ग्राहकको लाइन विच्छेद गरेर बक्यौता असुली अभियानलाई निरन्तर रुपमा सञ्चालन गरिहेको छ । विद्युत् आपूर्ति सुधार र अनियमितता नियन्त्रणका लागि अनुगमनलाई तीव्र बनाएको केन्द्र प्रमुख मिश्रले बताए ।

विद्युत् लाइन प्रयोग गरेवापतको महसुल ६० दिनभित्र तिर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । उक्त अवधिभित्र बिल भुक्तानी नतिर्ने उपभोक्तामाथि अब स्वचालित रूपमा कारबाही हुनेछ । बक्यौता नतिर्ने ग्राहकको लाइन विच्छेद अभियानले ग्राहकलाई समयमै बिल तिर्नुपर्ने सचेतना जगाएको उनको भनाइ छ ।

बाँके जिल्लामा विद्युत् सेवा सुधार र चुहावट नियन्त्रणको लागि नेपालगञ्ज वितरण केन्द्रले मिटर अनुगमन, हुकिङ गर्ने वा मिटरमा गडबडी गर्ने ग्राहकहरुमाथि सार्वजनिक बिदाका दिनसमेत स्थलगत निरीक्षण गर्दै सिँचाइ, घरेलु तथा अन्य ग्राहकको सेवा अवस्थाबारे अनुगमन गरिरहेको छ ।

सेवा सुधार, चुहावट नियन्त्रण अभियानले पछिल्ला महिनाहरूमा बाँकेमा विद्युत् आपूर्तिमा सुधार देखिएको छ । नयाँ फिडर थपिएपछि ओभरलोडको समस्या घटेकाकारण गर्मीयाममा आपूर्ति अवरुद्ध नहुने केन्द्र प्रमुख मिश्रको दाबी छ ।

नेपालगञ्ज वितरण केन्द्र नो–लाइट शाखामार्फत महत्वपूर्ण स्थानहरूमा नाङ्गो तार हटाइ केबुल विस्तारको काम भइरहेको छ । मर्मत शाखाले नियमित अनुगमनमार्फत आपूर्ति अवरोध हुन नदिन आवश्यक सतर्कता अपनाएको कारण विद्युत् चोरी नियन्त्रण, दुरुपयोग न्यूनीकरण तथा सेवा प्रवाहमा थप सुधार आएको उनको भनाइ छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहिबार  ९ : ५१ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त