१० भदौ २०८३, बुधबार | August 26, 2026

संसदमा प्रधानमन्त्रीको अनुपस्थित विरुद्ध कांग्रेसको विरोध जारी रहने



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभाको बैठकमा अनुपस्थित हुने भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा आफ्नो विरोधलाई निरन्तरता दिने स्पष्ट पारेको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने संवैधानिक व्यवस्था स्मरण गराउँदै उनको अनुपस्थितिप्रति आपत्ति जनाए । उनले संविधानको धारा ७६ को उपधारा १० अनुसार प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने स्पष्ट व्यवस्था रहेको उल्लेख गर्दै प्रधानमन्त्रीसँग सोध्नुपर्ने गम्भीर प्रश्नहरू अझै बाँकी रहेको बताए ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै राईले संसदको गरिमा प्रधानमन्त्रीले नबुझेको टिप्पणी गरे । उनले संसदलाई ‘चिया चौतारी’ नभई ‘गुरुकुल’ र ‘विश्वविद्यालय’ जस्तो गम्भीर र मर्यादित संस्था भएको उल्लेख गर्दै प्रधानमन्त्रीले यस्तो संस्थालाई नै ‘बंक’ गर्न थालेको आरोप लगाए ।

‘सदन चिया चौतारी होइन, जहाँ मन लागे बस्ने, मन लागे जाने । सदन गुरुकुल हुनुपर्छ, विश्वविद्यालय हुनुपर्छ । तर प्रधानमन्त्रीले यही गुरुकुल र विश्वविद्यालय बंक गर्न थाल्नुभएको छ,’ राईले भने ।

उनले नीति तथा कार्यक्रम मुलुक निर्माणको महत्वपूर्ण दस्तावेज र मार्गचित्र भएको उल्लेख गर्दै त्यसबारे उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री संसदमा उपस्थित नहुनु र प्रश्नबाट पन्छिन खोज्नु लोकतन्त्रका लागि सकारात्मक संकेत नभएको बताए ।

राईले प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म विपक्षी दलको विरोध जारी रहने स्पष्ट पारे ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहिबार  ११ : ३७ बजे

तिब्बततर्फबाट भोटेकोशीमा भीषण बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट भीषण बाढी प्रवेश गरेको

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना छैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला रु

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय

उत्तिसको गोलिया काठ बरामद

खोटाङ । डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रुपमा निकासी गर्न