३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

बुटवलको कालिकानगरमा ‘डाउन टाउन चाइना’ रेष्टुरेन्ट सञ्चालन



बुटवल । पछिल्लो समय सामान्य चिया पसलदेखि स्तरीय होटल, रेष्टुरेन्ट, क्लब तथा बारहरुको हब बन्दै गएको बुटवल कालिकापथमा युवा वर्गलाई लक्षित गरी ‘डाउन टाउन चाइना’ रेष्टुरेन्ट सञ्चालनमा आएको छ । बुटवल-११ होराइजन चोक नजिकै रहेको यस रेष्टुरेन्टमा विशेषगरी चाइनिज, जापानीज, भियतनामी लगायत ७ देशका परिकारहरूको स्वाद लिन सकिनेछ ।

होटल तथा सेवा क्षेत्रमा २२ वर्ष लामो अनुभवपछि युवा व्यवसायी चेतन भण्डारीले रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । गुल्मी घर भई भारतको मुम्बईमा बसोबास गर्दै आएका उनी त्यहीँ जन्मिएर शिक्षा प्राप्त गरी व्यवसायमा संलग्न भएका थिए । भारतमा साझेदारीमा चाइनिज रेष्टुरेन्ट सञ्चालन गरिसकेका भण्डारीले अब नेपालमै व्यक्तिगत लगानीमा चेन व्यवसाय विस्तार गर्ने अवधारणासहित ‘डाउन टाउन चाइना’ सञ्चालनमा ल्याएको बताए ।

उनका अनुसार बुटवलबाट सुरु गरिएको यो व्यवसाय आगामी ६ महिनापछि पोखरामा एकसाथ तीन वटा आउटलेट सञ्चालन गर्ने तयारी छ । त्यसपछि देशका विभिन्न प्रमुख शहरहरूमा विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए । बुटवलमा करिब १ करोड रुपैयाँभन्दा बढी लगानीमा सञ्चालन गरिएको रेष्टुरेन्टले १९ जना युवालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । उनीहरूलाई तीन महिनासम्म तालिम दिएर दक्ष जनशक्ति बनाइएको सञ्चालक भण्डारीले बताए ।

रेष्टुरेन्टमा ‘रामेन’, किम्बाप, बावो, पार्डथाइ नुडल्स्, स्लाइडर्स, चाइनिज बर्गर, चाइनिज पिज्जा लगायत एक सयभन्दा बढी परिकार उपलब्ध छन् । गुणस्तर र स्वास्थ्यलाई ध्यानमा राख्दै कुनै पनि परिकारमा अजिनोमोटो प्रयोग नगर्ने उनले स्पष्ट पारे ।

रेष्टुरेन्टको उद्घाटन गर्दै चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेलले युवाहरूले नवप्रवर्तन र उद्यमशीलतामा लाग्नु मुलुकका लागि सकारात्मक संकेत भएको बताए । उनले युवाहरूले स्वदेशमै लगानी, परिश्रम र उत्पादनमा जोड दिनुपर्ने भन्दै त्यसका लागि राज्यले सहज नीति निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहिबार  ६ : २४ बजे

मन्त्रिपरिषद् हेरफेर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषदमा हेरफेर गरेका छन्।

बुटवलको कालिकानगरमा ‘डाउन टाउन चाइना’ रेष्टुरेन्ट सञ्चालन

बुटवल । पछिल्लो समय सामान्य चिया पसलदेखि स्तरीय होटल, रेष्टुरेन्ट,

कपिलवस्तुमा करेन्ट लागेर एक प्राविधिकको मृत्यु

कपिलवस्तु । यहाँको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने

त्रिविको उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका

‘पार्टी सदस्यका समस्या समाधान गर्न क्रियाशील सदस्यता अद्यावधिक गरिने’

पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको तल्लो तहमा