२१ भदौ २०८३, आइतबार | September 6, 2026

खजुराबाट जुवातास खेलिरहेका १३ जना पक्राउ



खजुरा । बाँकेको खजुराबाट जुवातास खेलिरहेका १३ जनालाई प्रहरीले रङ्गेहात पक्राउ गरेको छ । खजुरा गाउँपालिका वडा नम्बर ४ खजुरा मिनिपार्क एण्ड रिसोर्ट प्रा.लि. को कोठा नम्बर १०५ मा जुवातास खेलिरहेका १३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

आज मध्यान्ह १ः३० बजेको समयमा इलाका प्रहरी कार्यालय धनौलीको टोलिले जुवाखालमा छापा मारेर १३ जनालाई पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीले बताए ।

पक्राउ पर्नेहरुमा नेपालगन्ज १० का स्थानीय ६० वर्षिय प्रमोद केसी, खजुरा ८ का ३३ वर्षिय एकराम हुसेन, २७ वर्षिय अब्दुल मिया, ३० वर्षिय सफिक खाँ, खजुरा ३ का ४२ वर्षिय दिपक कडेल, बैजनाथ ५ का ३० वर्षिय नबि हुसेन, ३८ वर्षिय जमालुद्दीन, जानकी ३ का अन्दाजी ३६ वर्षिय साकिर अली बागवान रहेका छन् ।

त्यसैगरि प्रहरीले बर्दिया बारबर्दिया ७ का ३५ वर्षिय दुर्गा बोहरा, अन्दाजी ३३ वर्षिय छबिलाल गिरी, २७ वर्षिय सुजन पुरी, बारबर्दिया ७ का ३० वर्षिय नबिन शाही र बारबर्दिया ५ का ४६ वर्षिय प्रेम गिरीलाई पनि जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।

प्रहरीका अनुसार जुवाको खालबाट १ लाख २८ हजार ३१० रुपैया नगद, खोलेको तास २ गड्डी, नखोलेको तास ३ गड्डी बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई जुवा ऐन अनुसार अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८३, शनिबार  १० : ४९ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका