५ कार्तिक २०८३, बिहिबार | October 23, 2026

खजुराबाट जुवातास खेलिरहेका १३ जना पक्राउ



खजुरा । बाँकेको खजुराबाट जुवातास खेलिरहेका १३ जनालाई प्रहरीले रङ्गेहात पक्राउ गरेको छ । खजुरा गाउँपालिका वडा नम्बर ४ खजुरा मिनिपार्क एण्ड रिसोर्ट प्रा.लि. को कोठा नम्बर १०५ मा जुवातास खेलिरहेका १३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

आज मध्यान्ह १ः३० बजेको समयमा इलाका प्रहरी कार्यालय धनौलीको टोलिले जुवाखालमा छापा मारेर १३ जनालाई पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीले बताए ।

पक्राउ पर्नेहरुमा नेपालगन्ज १० का स्थानीय ६० वर्षिय प्रमोद केसी, खजुरा ८ का ३३ वर्षिय एकराम हुसेन, २७ वर्षिय अब्दुल मिया, ३० वर्षिय सफिक खाँ, खजुरा ३ का ४२ वर्षिय दिपक कडेल, बैजनाथ ५ का ३० वर्षिय नबि हुसेन, ३८ वर्षिय जमालुद्दीन, जानकी ३ का अन्दाजी ३६ वर्षिय साकिर अली बागवान रहेका छन् ।

त्यसैगरि प्रहरीले बर्दिया बारबर्दिया ७ का ३५ वर्षिय दुर्गा बोहरा, अन्दाजी ३३ वर्षिय छबिलाल गिरी, २७ वर्षिय सुजन पुरी, बारबर्दिया ७ का ३० वर्षिय नबिन शाही र बारबर्दिया ५ का ४६ वर्षिय प्रेम गिरीलाई पनि जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।

प्रहरीका अनुसार जुवाको खालबाट १ लाख २८ हजार ३१० रुपैया नगद, खोलेको तास २ गड्डी, नखोलेको तास ३ गड्डी बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई जुवा ऐन अनुसार अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८३, शनिबार  १० : ४९ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही