१० भदौ २०८३, बुधबार | August 26, 2026

आज देशभर रास्वपाको वडा अधिवेशन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज देशभर वडा अधिवेशन गर्दैछ।

गत वैशाख २० गतेअघि तदर्थ समिति गठन भएका करिब १,५०० वडामा आइतबार अधिवेशन हुन लागेको हो।

पार्टीको सङ्गठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार हालसम्म देशभर करिब ३,००० वडामा तदर्थ समिति गठन भइसकेका छन्। तीमध्ये करिब ५० प्रतिशत वडाको अधिवेशन निर्वाचनअघि र त्यसपछि सम्पन्न भइसकेको छ। तदर्थ समिति गठन भए पनि अधिवेशन हुन बाँकी रहेका वडाहरूको अधिवेशन आज हुनलागेको हो ।

रास्वपाले वडा अधिवेशन दुई चरणमा गर्ने निर्णय गरेको छ। यसअनुसार जेठ ३ गतेभित्र तदर्थ समिति गठन भएका वडाहरूमा जेठ १६ गते अधिवेशन गरिनेछ।

पालिका अधिवेशन पनि दुई चरणमा सञ्चालन हुनेछ। पार्टीले जेठ ९ र १७ गते पालिका अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ। त्यस्तै, जेठ २३ र २४ गते जिल्ला अधिवेशन हुनेछ भने प्रदेश अधिवेशन जेठ २६ गतेदेखि सुरु भएर असार १ गतेसम्म सम्पन्न गर्ने तयारी गरिएको छ।

रास्वपाले कुनै पालिकामा कम्तीमा ३० प्रतिशत वडा अधिवेशन र जिल्लाको हकमा ३० प्रतिशत पालिका अधिवेशन सम्पन्न भएमा माथिल्लो तहको अधिवेशन नरोक्ने निर्णय गरेको जनाएको छ।

सबै तहको अधिवेशन सम्पन्न गरेपछि रास्वपाले आफ्नो प्रथम केन्द्रीय महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवन मा आयोजना गर्नेछ। पार्टी स्थापना भएको ठीक चार वर्ष पुगेकै अवसरमा पहिलो महाधिवेशन गर्न लागिएको हो।

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आइतबार  ८ : ४२ बजे

तिब्बतबाट आएको बाढीले टिमुरे र स्याफ्रुबेँसीमा ठूलो क्षति, त्रिशूली तटीय क्षेत्रमा उच्च जोखिम

काठमाडौं । तिब्बततर्फबाट भोटेकोशी नदीमा अचानक ठूलो बाढी प्रवेश गर्दा

तिब्बततर्फबाट भोटेकोशीमा भीषण बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट भीषण बाढी प्रवेश गरेको

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना छैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला रु

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय