३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

कंगोमा इबोला संकट गम्भीर, डब्ल्यूएचओद्वारा अन्तर्राष्ट्रिय स्वास्थ्य संकटकाल घोषणा



काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी इटुरी प्रान्तमा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा गरेको छ।

डब्ल्यूएचओका अनुसार हालसम्म २४६ जनामा संक्रमणको आशंका गरिएको छ भने कम्तीमा ८० जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ। यद्यपि, यो अवस्थाले विश्वव्यापी महामारीको औपचारिक मापदण्ड भने अझै पूरा नगरेको संगठनले स्पष्ट पारेको छ।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले संक्रमितको वास्तविक संख्या र रोग फैलिएको भौगोलिक दायराबारे अझै पर्याप्त जानकारी नभएको भन्दै स्थिति गम्भीर र अनिश्चित रहेको बताएका छन्।

यसपटकको संक्रमण इबोलाको ‘बुन्डिबुग्यो’ ९द्यगलमष्दगनथय० प्रजातिबाट फैलिएको हो। यो प्रजातिका लागि हालसम्म कुनै स्वीकृत खोप वा विशेष औषधि उपलब्ध छैन।

डब्ल्यूएचओका अनुसार आठ जनामा प्रयोगशालाबाट संक्रमण पुष्टि भइसकेको छ। संक्रमण बुनिया सहित मोंगवालु र र्वाम्पारा क्षेत्रसम्म फैलिएको छ, जहाँ थप संदिग्ध संक्रमण र मृत्युका घटनाहरू देखिएका छन्।

संक्रमण छिमेकी युगाण्डासम्म पनि पुगेको छ। त्यहाँ दुई जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ५९ वर्षीय एक पुरुषको मृत्यु भएको बताइएको छ।

कंगोसँग सीमा जोडिएका देशहरूमा संक्रमण फैलिने जोखिम उच्च रहेको भन्दै डब्ल्यूएचओले कंगो र युगान्डालाई निगरानी, कन्ट्याक्ट ट्रेसिङ तथा रोकथामका लागि आपत्कालीन कार्यसञ्चालन केन्द्र स्थापना गर्न सुझाव दिएको छ।

संक्रमित बिरामीलाई तुरुन्तै आइसोलेसनमा राख्न र कम्तीमा ४८ घण्टाको अन्तरालमा गरिएका दुई परीक्षणमा नतिजा नेगेटिभ नआएसम्म उपचार जारी राख्नुपर्ने डब्ल्यूएचओले जनाएको छ।

संगठनले प्रभावित क्षेत्रबाहिरका देशहरूलाई सिमाना बन्द नगर्न, तथा यात्रा र व्यापारमा प्रतिबन्ध नलगाउन पनि आग्रह गरेको छ। यस्ता कदमहरू वैज्ञानिक रूपमा प्रभावकारी नभई प्रायः डरका आधारमा चालिने डब्ल्यूएचओको भनाइ छ।

इबोला पहिलोपटक सन् १९७६ मा हालको प्रजातान्त्रिक गणतन्त्र कंगोमा पहिचान गरिएको थियो। संक्रमित व्यक्तिको रगत तथा अन्य शारीरिक तरल पदार्थसँग प्रत्यक्ष सम्पर्क हुँदा यो रोग सर्छ। यसको औसत मृत्युदर करिब ५० प्रतिशत रहेको डब्ल्यूएचओले जनाएको छ।

पछिल्ला ५० वर्षमा अफ्रिकाका विभिन्न देशहरूमा इबोलाका कारण करिब १५ हजार मानिसको मृत्यु भइसकेको छ। कंगोमा सन् २०१८ देखि २०२० सम्म फैलिएको सबैभन्दा ठूलो प्रकोपमा मात्रै करिब २,३०० जनाको ज्यान गएको थियो।

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आइतबार  १० : २५ बजे

कंगोमा इबोला संकट गम्भीर, डब्ल्यूएचओद्वारा अन्तर्राष्ट्रिय स्वास्थ्य संकटकाल घोषणा

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी

जबजको वैचारिक विरासतले जनताको पक्षमा दृढ रहन प्रेरित गर्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

जनअपेक्षा सम्बोधन गर्दै पार्टी र जनताबीच सम्बन्ध सुदृढ बनाउनुपर्छ : विद्या भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीले देखाएको जनमुखी

आज देशभर रास्वपाको वडा अधिवेशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज देशभर वडा अधिवेशन

हुम्लामा विद्युत् सेवा अवरुद्ध

सिमकोट । हुम्ला सदरमुकाम सिमकोटसहित दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध