४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

राष्ट्रिय आर्थिक गणना : करिब ८७ प्रतिशत सम्पन्न



काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले सुरु गरेको दोस्रो ‘राष्ट्रिय आर्थिक गणना, २०८२’ मा हाल सम्म ८७ दशमलव शून्य आठ प्रतिशत गणना सम्पन्न भएको छ । थापाथलीस्थित कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमार्फत गणनाको हालसम्मको प्रगति विवरण सार्वजनिक गरिएको हो ।

कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेले वैशाख २ गतेदेखि सुरु भएको गणना आगामी असार ७ गतेसम्म जारी रहने बताए । यस बीचमा देशभरका गणकहरूले स्थलगत तथ्याङ्क सङ्कलन गरी हालसम्म आठ लाखभन्दा बढी कागजी फारम र १० हजारभन्दा बढी ‘इसेन्सस टोकन’ बाँडिसकेका उनले जानकारी दिए ।

कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा कमलप्रसाद पोख्रेलले स्थलगत विवरण सङ्कलन सक्रिय रूपमा भइरहेको बताउँदै गणनामा खटिने प्रतिष्ठानहरूले सत्य, तथ्य विवरण उपलब्ध गराई दिनहुन आग्रहसमेत गरे । उनका अनुसार खास गरी रेडियोमा काम गर्ने सञ्चारकर्मीले गणना भइरहेको बारे प्रचारप्रसार गरेर सहजीकरण गरिदिएको बताऐ ।

प्रमुख तथ्याङ्क अधिकारी डा पोख्रेलले सरकारलाई आगामी लक्ष्य पूरा गर्न राष्ट्रिय आर्थिक गणना महत्त्वपूर्ण आधार बन्न सक्ने धारणा राखे । प्रतिष्ठान, व्यवसायको संरचना, सङ्ख्या, विवरण र रोजगारी तथा आर्थिक विवरण प्राप्त गर्ने, कुल ग्रार्हस्थ्य उत्पादन तथा राष्ट्रिय लेखाका अन्य अनुमानलाई समयसापेक्ष सुदृढीकरण गर्ने, प्रतिष्ठानमा आधारित सर्वेक्षण सञ्चालन गर्नका लागि तथ्याङ्कीय ‘स्याम्पल फ्रेम’ प्राप्त गर्ने, सङ्घीय संरचनामा सबै सरकारलाई आर्थिक विकासको नीति, योजना तथा कार्यक्रम तर्जुमा र मूल्याङ्कन गर्नेलगायत उद्देश्यका लागि आर्थिक गणना प्रभावकारी हुने उनले बताए ।

कार्यक्रममा सहभागी रेडियोकर्मीहरूले सरकारले सरकारी विज्ञापन कटौती गर्न नहुने धारणा राख्दै विभिन्न चरणमा सात प्रकारका कर तिर्नुपर्ने झन्झटिलो प्रक्रियाबाट पीडित हुनुपरेको गुनासो गरे । पत्रकार सम्मेलनमा सहभागी नेपाली रेडियो नेटवर्कका प्रबन्ध निर्देशक अमृत अधिकारीले आमजनतामा अझै पनि लोकप्रिय र प्रभावकारी माध्यम रेडियो भएको बताउँदै राज्यले यसको संरक्षणका लागि लचिलो नीति अपनाउनुपर्ने धारणा राखे । उनले कर छुट र विज्ञापनमा सहजीकरण गरिदिँदा रेडियो बाँच्ने आधार सिर्जना हुने भन्दै सरकारसँग सोका लागि आग्रह गरे ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  ४ : ०७ बजे

Changing Koshi Province through Chinese modern agricultural technology

Jhapa : the China–South Asia Poverty Alleviation and Development Cooperation

चिनियाँ आधुनिक कृषि प्रविधिले बदलिँदै कोसी

झापा। झापाको परम्परागत कृषि क्षेत्रलाइ आधुनिक, व्यावसायिक र जलवायु(अनुकूल बनाउन

नेपालगन्जमा पेट्रोलियम पदार्थको हाहाकार, पम्पहरुमा पेट्रोल/डिजल छैन भन्ने सूचना टाँस

नेपालगन्ज । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको सूचनाकै आधारमा

मालपोत कार्यालय भैरहवाका नायब सुब्बा खाम्चाविरुद्ध घूस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा

रुपन्देहीको शुद्धोधनका भूमिहीन र सुकुम्बासी आन्दोलित, गाउँपालिकालाई ज्ञापनपत्र

बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी