२३ असार २०८३, मंगलबार | July 7, 2026

सर्वोच्च प्रशासनविरुद्ध नेपाल बारको विरोध, जेठ ५ गते दिउँसै लालटिन बालिने



काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले रिट तथा निवेदन दर्ता गर्न अस्वीकार गरेको भन्दै विरोधस्वरूप जेठ ५ गते दिउँसै लालटिन बाल्ने निर्णय गरेको छ।

सोमबार कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लसँग भेटवार्ता गरेपछि बसेको बारको बैठकले सर्वोच्च अदालत प्रशासनको पछिल्लो गतिविधिलाई ‘अनपेक्षित क्रियाकलाप र हर्कत’ को संज्ञा दिएको हो।

बैठकले भोलि दिउँसो १स्१५ बजे नेपाल बार एशोसिएसनको प्राङ्गणमा कानुन व्यवसायीहरूले लालटिन बालेर न्याय, विवेक र स्वच्छ प्रक्रियाको पक्षमा प्रतीकात्मक विरोध गर्ने निर्णय गरेको हो ।

बारले सर्वोच्च अदालतमा दर्ताका लागि पेश गरिएका रिट तथा निवेदनहरू प्रशासनले दर्ता नगरी दरपीठ गरी फिर्ता पठाएको भन्दै यसले नागरिकको न्यायमा पहुँचमा अवरोध उत्पन्न गरेको ठहर गरेको छ।

बारका अनुसार नेपालको संविधानको धारा १३६, न्याय प्रशासन ऐन, २०७३ को दफा ३५ तथा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७ र ८ अनुसार कामु प्रधानन्यायाधीशले दरपीठविरुद्धको निवेदन दर्ता गर्न आदेश दिँदासमेत प्रशासनले त्यसको पालना नगरेको छ।

बारले यस्तो कार्य प्रशासनको अधिकार क्षेत्रभन्दा बाहिर रहेको र न्यायिक प्रक्रियामाथि गम्भीर हस्तक्षेप भएको जनाएको छ। साथै, न्याय प्रशासनको अन्तिम जिम्मेवारी वहन गर्ने कामु प्रधानन्यायाधीशको आदेश नै कार्यान्वयन नगर्नु ‘असाधारण र अप्राकृतिक’ व्यवहार भएको निष्कर्ष निकालेको छ।

यस्तै, अदालतमा विचाराधीन विषयमा प्रतिनिधिसभामा भएको टिप्पणीप्रति पनि बारले गम्भीर ध्यानाकर्षण जनाएको छ। संविधानको धारा १०५ ले न्यायालयमा विचाराधीन विषयमा संसदमा छलफल गर्न बन्देज लगाएको स्मरण गराउँदै बारले यस्ता अभिव्यक्तिहरू संसदीय अभिलेखबाट हटाउन सभामुख डीपी अर्यालको ध्यानाकर्षण गराएको छ।

बारले परिस्थितिअनुसार आफ्ना सल्लाहकार र विभिन्न एकाइबाट प्राप्त सुझावका आधारमा थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै जाने पनि जनाएको छ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  ८ : २३ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज बिहान ११ः०० बजे बैठक

देउवा पुत्र जयवीरमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान, विभागले काट्यो पत्र

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा

अमेरिकामाथि बेल्जियमको फराकिलो जित

काठमाडौं । आयोजक राष्ट्र अमेरिकालाई ४-१ गोलअन्तरले पराजित गर्दै बेल्जियम

उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरी । महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब रु

नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण

बाँके । नेपालगञ्जमा विभिन्न आन्दोलनका क्रममा तोडफोड गरी हटाइएका ऐतिहासिक